Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचन्द्रगढी उडेको बुद्धको जहाज इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं फिर्ता

चन्द्रगढी उडेको बुद्धको जहाज इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं फिर्ता


काठमाडौं । काठमाडौंबाट झापाको चन्द्रगढी उडेको बुद्ध एयरको जहाज प्राविधिक समस्याका कारण काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको छ ।

बुद्धको ९५५ उडान नम्बरको जहाजमा काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ । उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया