नेपाल इको प्यानल आईएसओ प्रमाणित
काठमाडौं । नेपाल इको प्यानलले अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ १४००ः२०१५ बाट मान्यता पाएको छ । सो प्रमाणीकरणले वातावरणीय स्थिरतामा संगठनको समर्पणलाई मान्यता दिएको कम्पनीले जनाएको छ ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै वातावरणमा पर्ने असरलाई न्यूनीकरण गर्न कम्पनीले प्रभावकारी उपायहरू लागू गरेको बताएको छ । आईएसओ ४५००ः२०१८ प्रमाणीकरणले नेपाल इको प्यानलले आफ्ना कर्मचारीहरूका लागि सुरक्षित र स्वस्थ कार्यस्थल कायम राख्नमा केन्द्रित रहेको देखाएको कम्पनीले दावी गरेको छ । कम्पनीले आफ्नो कार्यबलको कल्याण सुनिश्चित गर्दै व्यावसायिक स्वास्थ्य र सुरक्षा उपायलाई प्राथमिकता दिएको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले यो ट्रिपल आईएसओ प्रमाणीकरण पाउँदा अत्यन्तै गौरवान्वित भएको बताए । यो प्रमाणीकरणले बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउने र दिगो जिम्मेवार व्यापार अभ्यासको मिसनलाई अगाडि बढाउने विश्वास गरिएको उनको भनाइ छ ।
‘नेपाल इको प्यानलले प्राप्त गरेको प्रमाणपत्रहरू समर्पणको प्रमाण मात्र होइन, गुणस्तर, वातावरणीय स्थायित्व र कार्यस्थल सुरक्षालाई प्राथमिकता दिन नेपाल र बाहिरका अन्य संस्थाहरूको लागि प्रोत्साहन पनि हो’, कम्पनीले भनेको छ । यी प्रमाणपत्रले नेपाल इको प्यानलको दिगो वृद्धि र जिम्मेवार व्यावसायिक अभ्यासतर्फको यात्रामा एउटा महत्वपूर्ण कोशेढुङ्गा रहेको बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य बढ्यो
- सरकार र चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया