Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग१४ विधामा आईसीटी अवार्ड वितरण

१४ विधामा आईसीटी अवार्ड वितरण


काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आईसीटी अवार्डको २०२३’ वितरण गरिएको छ । लिभिङ विथ आईसीटीले द सोल्टी काठमाडौंमा हालै एक विशेष कार्यक्रमको आयोजना गरी सूचना तथा सञ्चार प्रविधि क्षेत्रसँग सम्बन्धित १४ विधामा विजेताको घोषणासँगै अवार्ड वितरण गरेको हो ।

यसैगरी सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरूलाई प्रभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३ बाट सम्मान गरिएको छ । आठौं संस्करणको अपग्राड आईसीटी अवार्ड २०२३ इन एसोसिएसन विथ इन्ड्राइभमा दर्जन बढी प्रि–इभेन्ट र पाँच महिनादेखिको छनौट प्रक्रियापश्चात अवार्ड प्रदान गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अवार्ड वितरण कार्यक्रमको उद्घाटन गरेकी थिइन् । यस वर्षको आईसीटी अवार्ड व्यक्तिगततर्फ नेपाली डायस्पोरा आईसीटी अवार्ड प्राडा सुरेश मानन्धर र आन्टरप्रेनर आईसीटी अवार्ड अनुप शेरचनले जितेका छन् । त्यसैगरी पायोनियर आईसीटी अवार्ड बालकृष्ण जोशी र एनसेल वुमन आइकन आईसीटी अवार्ड सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छन् ।

यस्तै, संस्थागततर्फ डिजिटल गर्भनेन्स आईसीटी अवार्ड नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से), डिजिटल सर्भिसेस आईसीटी अवार्ड तिलगंगा आँखा प्रतिष्ठान, डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर) तनहुँको सत्यवति माध्यमिक विद्यालय र डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर) काठमाडौंको अध्ययन स्कुलले जितेको छ ।

यस्तै, स्टार्टअप तथा इन्नोभेसनतर्फ इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड यार्सा टेक, प्रडक्ट आईसीटी अवार्ड क्विक आरपीए र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड ब्ल्याङ्कसरले पाएका छन् । यसैगरी हाम्रो–पे पब्लिक च्वाइस आईसीटी अवार्ड मनिमित्रले प्राप्त गरेको छ भने अन्तर्राष्ट्रिय विधाको रूपमा रहेको साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड भुटानको स्टार्टअप समूह मिडियाटेकले पाएको छ ।

यसबाहेक सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत आईएफएन प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३ बाट सम्मान गरेको छ । कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेस्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निमलाई सो सम्मान प्रदान गरिएको हो । अवार्ड विजेताहरूलाई मन्त्री, सांसद, सचिवलगायत सरकारी तथा गैरसरकारी क्षेत्रका उच्च अधिकारीहरूले ट्रफी तथा सम्मानपत्र प्रदान गरेका थिए ।

यस्तै, अवार्डको ग्राण्ड फिनालेमा गभर्मेन्ट एण्ड सिटिजन इन्गेजमेन्ट विधाअन्तर्गत डब्लुएस अवार्ड २०२२ विजेता नागरिक एपलाई ट्रफी तथा सम्मानपत्र समेत प्रदान गरिएको थियो । गत वर्ष डब्लुएसए अवार्ड २०२२ को फाइनलमा विदेश जान नपाएको नागरिक एपलाई आईसीटी अवार्डको ग्राण्ड फिनालेको अवसरमा ट्रफी र सम्मानपत्र हस्तान्तरण गरिएको हो । आईसीटी अवार्ड २०२३ मा विभिन्न १३ विधामा सात सय बढीको अनलाइन नोमिनेस प्राप्त भएको थियो । १४ जना स्वदेशी र तीन जना अन्तर्राष्ट्रिय विज्ञ जुरीले तीन महिनासम्म २५ वटा बढी बैठकहरू सञ्चालन गर्दै छनौट प्रक्रियालाई सम्पन्न गरेका थिए । यस कार्यक्रमको सरकारी, गैरसरकारी, निजी तथा विभिन्न संघसंस्थाहरूले सहकार्य गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया