Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेल वुमन आइकन आईसीटी अवार्ड पाण्डेलाई

एनसेल वुमन आइकन आईसीटी अवार्ड पाण्डेलाई


काठमाडौं । एनसेलले वुमन आइकन आईसीटी अवार्ड २०२३ बाट सुनैना घिमिरे पाण्डेलाई दिएको छ । द सोल्टी काठमाडौंमा शुक्रबार आयोजना गरिएको अपग्राड आईसीटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो ।

सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि कार्यरत पाण्डे कम्प्युटर एसोसिएसन (क्यान) महासंघकी पहिलो महिला उपाध्यक्ष हुन् । उनी जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडकी प्रबन्ध निर्देशक हुन् ।

यस्तै, क्यान महासंघको महासचिव र सचिवको पदमा रहेर पनि काम गरिसकेकी छन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले संयुक्तरूपमा पाण्डेलाई सो अवार्ड प्रदान गरेका थिए । महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरूले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न एनसेलले यो अवार्ड प्रदान गर्दै आएको छ । यो पुरस्कारको राशि नगद तीन लाख रहेको छ ।

कम्पनीका अनुसार यो वर्ष वुमन आइकन आईसीटी अवार्ड विधामा कुल ३४ जना मनोनयनमा परेका थिए । यी मनोनयनहरूबाट तीन चरणको मूल्याङ्कनपश्चात सात जना महिलाहरू छनोटमा परेको र उनीहरूमध्येबाट निर्णायक मण्डलले पाण्डेलाई विजयी छानेका थिए । प्रत्येक वर्ष, आईसीटी फाउन्डेसन नेपाल र लिभिङ विथ आईसीटीले संयुक्तरूपमा आईसीटी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने उत्कृष्ट व्यक्तित्वहरू, नवप्रवर्तन र संघसंस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया