Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजेसीबीको रिटेलर अब ढल्केबरमा

जेसीबीको रिटेलर अब ढल्केबरमा


काठमाडौं । नेपालको लागि जेसीबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटर प्रालिले आफ्नो एक्सक्लुसिभ रिटेलर पायल मोटर पार्ट्स, ढल्केबरमा सञ्चालनमा ल्याएको छ ।

रिटेलरको ढलकेबर– ६ का वडाध्यक्ष नन्दकिशोर यादव, एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटरका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिस्ट्रिब्युटरका बिजनेस हेड रोशनकुमार श्रेष्ठ, पायल मोटर पार्ट्सका प्रबन्ध निर्देशक दीपेन्द्र शाहलगायतको उपस्थितिमा उद्घाटन गरिएको थियो । यसको सुरुवातसँगै अब ढल्केबरका ग्राहकहरूले पायल मोटर पार्ट्समार्फत सजिलै जेसीबीका सक्कली पार्ट्सहरू खरिद गर्न पाउनेछन् ।

जेसीबी मेसिनलाई बिगार्ने, काम चलाउ नक्कली पार्ट्सको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर कम्पनीले नयाँ रिटेलर सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले ग्राहकलाई नक्कली पार्टपुर्जाहरूको प्रयोग र जोखिमबाट जोगाउन जेसीबीका सक्कली पार्ट्सहरू आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरमार्फत देशभर बिक्री वितरण गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया