Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग१६ बुँदे चितवन घोषणापत्र जारी गर्दै महिला नेतृत्व कृषि सम्मेलन सम्पन्न

१६ बुँदे चितवन घोषणापत्र जारी गर्दै महिला नेतृत्व कृषि सम्मेलन सम्पन्न


काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सीएनआईडब्लुएलएफ)को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सम्पन्न भएको छ । चितवन प्रदर्शनी केन्द्रमा भएको महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो ।

दुई दिनको सम्मेलनमा भएका बृहद् छलफलका विषयलाई समेटेर चितवन घोषणापत्र जारी गरिएको फोरम सभापति छाया शर्माले बताइन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायतका सरोकारवाला निकाय समक्ष यो घोषणा पेस गरी नीतिगत सुधारका लागि पैरवी गर्ने उनले जानकारी दिइन् । कृषि विकासमा महिला किसानको भूमिका अझै बढी रहेकाले महिलामैत्री प्रविधि, कार्यक्रम र आवश्यक कृषि सामग्रीको सुलभ उपलब्धताको ग्यारेन्टी हुनुपर्ने, महिलामैत्री कृषि यान्त्रीकरण, कृषिमा काम गर्ने सरकारी निकायहरूको विकेन्द्रीकरणसँगै कृषि सेवा बढाउन तीनै तहका सरकारको आवश्यक समन्वय बढाउन संरचना हुनुपर्ने, कृषिमा बीमा र सहुलियत ऋणको प्रभावकारिता बढाउनुपर्ने, कृषिमा पर्याप्त लगानीको खाँचो देखिएकाले सरकारको कृषिमा लगानी गर्ने नीति एकद्वार प्रणालीमा हुनुपर्नेलगायतका विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।

सम्मेलनको सहयोगी संस्थाहरूमा चितवन उद्योग संघ, युएस एड फिड द फ्युचर, एफएओ, हेफर इन्टरनेसनल, सेवा नेपाल, केएल दुगड ग्रुप, शिखर इन्स्योरेन्स, बैंकिङ पार्टनरहरूमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, एग्रिकल्चर पार्टनरमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, एग्रिकल्चर इनेब्लेटर पार्टनरमा आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, वेभभरेज पार्टनरमा कोकाकोला, भेन्यु पार्टनरमा वि विल्ड, डिजिटल ट्रान्सफरमेसन पार्टनरमा ठूलो डटकम, नलेज पार्टर एसोसिसन अफ नेपाली एग्रिकल्चर जर्नलिस्टस (अनाज) रहेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, सहकारी–कृषि
ट्याग : #page 3

तपाईको प्रतिक्रिया