Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोको ए–१२ बजारमा

ओप्पोको ए–१२ बजारमा


काठमाडौं, साउन १९
ओप्पोले ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ओप्पो ए१२ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो फोन नेपाली बजारमा ३ जीबी -याम, ३२ जीबी रोम र ४ जीबी -याम, ६४ जीबी रोम गरी दूई बिकल्पका साथ सार्वजनिक गरिएको हो । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार यसलाई २५६जीबीसम्म बढाउन सक्ने सुविधापनि उपलब्ध गरिएको छ ।

यसमा रहेको ४२३० एमएएच क्षमताको ब्याट्रीले १७ घण्टासम्म निरन्तर भिडियो स्ट्रिमिङ धान्नसक्ने कम्पनीले जनाएको छ । फोनमा उपलब्ध गरिएको ओक्टा–कोर प्रोसेसर, मिडियाटेक हेलियो पी३५ले उर्जा खपतमा न्यूनिकरण ल्याउनुका साथै ल्याग–फ्रि गेमिङ तथा भिडियो हर्ने अनुभव प्रदान गर्छ ।

ओप्पो ए१२मा रहेको कलरओएस ६.१ले प्रयोगकर्ताको डिजिटल लाइफलाई नयाँ उचाइ प्रदान गर्ने बताइएको छ । यसमा यात्रीहरुलाई विशेष ध्यानमा राखी अनावश्यक कल तथा नोटिफिकेसन ब्लक गरी सडकमा ध्यान केन्द्रित गर्न सघाउँदै सुरक्षा प्रदान गर्ने सोचका साथ राइडिङ मोड पनि उपलब्ध गरिएको छ । ओप्पो ए१२ मा स्मार्ट साउण्ड ईफेक्ट वा साउण्ड अप्टिमाइजेसन फिचर, डिराक उपलब्ध छ ।

यसैगरी यसमा मनोरञ्जनात्मक अनुभवका लागि १५२०× ७२० रिजोल्यूसनसहितको ६.२२ इन्चको वाटरड्रप आई प्रोटेक्सन स्क्रिन जडान गरिएको छ । यसमा रहेको ब्ल्यू लाइट फिल्टरले आँखालाई सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । साथै ओप्पो ए१२ मा थ्रीडी डायमण्ड ब्लेज डिजाइन दिइएको छ, यसले हेर्ने दृष्टिकोणअनुसार रंग र आकार परिवर्तन भएको अनुभव दिन्छ ।

फोनको पछिल्तिर फिंगरप्रिन्ट अनलकिङ सेन्सर दिइएको छ । साथै यसमा १२८ बायोमेट्रिक पोइन्ट्सका आधारमा प्रयोगकर्ताको पहिचान गर्ने क्षमतासहितको एआई फेसियल अनलक फिचर पनि उपलब्ध गरिएको छ । १९ः९ एस्पेक्ट रेसियोमा आकर्षक कर्भ र एर्गोनोमिक डिजाइनसहितको यो फोनको बजन जम्मा १६५ग्राम रहेको छ ।

कम्पनीका अनुसार ओप्पो ए१२मा एआईद्वारा सञ्चारित डुअल रियर क्यामेरा– १३एमपी प्रमुख र २ एमपी डेप्थ क्यामेरा जडान गरिएको छ । फोनमा रहेको १३ एमपी प्रमुख क्यामेराले ब्रस्ट मोड तथा ६ गुणा डिजिटल जुम सपोर्ट गर्नुका साथै उच्च रेजोल्यूसन तथा गुणस्तरसहित प्राकृतिक दृश्य खिच्न सघाउँछ ।

त्यसैगरी, २ एमपी डेप्थ क्यामेराले उत्कृष्ट पोट्रेट शट्स खिच्न डेप्थ डाटा प्रदान गर्दै पोट्रेट मोडमा सुदृढ बोके इफेक्ट दिन्छ । ओप्पो ए१२ मा पोट्रेट शुटिङ र खाना तथा बनस्पति शुटिङका लागि दूई विशेष मोड्सको व्यवस्था पनि गरिएका छन् । तस्बिरलाई अझ आकर्षक बनाउन फोनमा पोट्रेट स्टाइल्स र ड्याजल कलरमोडको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ । ओप्पोद्वारा स्वबिकसित एआई ब्यूटिफिकेसनले फोनको ५ एमपी फ्रण्ट क्यामेरालाई शक्ति प्रदान गर्छ ।

एआई ब्यूटिफिकेसनले स्वचालित रुपमा छालाको गुणस्तर, उमेर लिंग, स्किन टोन लगायतको पहिचान गर्दै प्रयोगकर्ताका विशेषताका आधारमा सटिक ब्यूटिफिकेसनका समाधान उपलब्ध गराउने क्षमता राख्छ । छोटा भिडियो मनपराउनेहरुका लागि ओप्पो ए१२मा सोलुप स्मार्ट भिडियो एडिटर पनि उपलब्ध गरिएको छ । यसले प्रयोगकर्तालाई ब्यवसायिक गुणस्तरका भिडियोहरु सिनेम्याटिक इफेक्टका साथमा सहजै निर्माण गर्न सघाउँछ ।

ओप्पोका उत्पादनहरु उच्च गुणस्तरीय हुने कम्पनीको दाबी छ । यी उत्पादनहरुमा कम्पनीले १ लाख– भोल्यूम बटन टेस्ट, २ लाख –पावर बटन टेस्ट, २८ हजार– १० सीएम ड्रप टेस्ट परीक्षण गरिएका हुन्छन् । ओप्पो ए १२ को ३जीबी -याम र ३२ जीबी रोम भ्यारियण्टको मूल्य १८ हजार ५ सय ९० रुपैयाँ निर्धारण गरिएको छ भने ४ जीबी -याम र ६४ जीबी रोम भ्यारियण्टको मूल्य २० हजार ७ सय ९० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया