Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभारतमा ११ महिनामै १ लाख थान बिक्यो किया

भारतमा ११ महिनामै १ लाख थान बिक्यो किया


काठमाडौं, साउन १९
कियाले भारतमा डेब्यु गरेको ११ महिनाभन्दा थोरै बढी अवधिमा एक लाखभनदा बढी एसयुभी बिक्री गरेको जनाएको छ । कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यसयताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा एक लाख थान एसयुभी बिक्री गर्ने अटोमेकर बन्न सफल भएको छ ।

कोरियाली अटो निर्माता कियाले आफ्ना जम्मा दुईवटा मोडल–कार्निभल प्रिमियम एमपीभी र सेल्टोस एसयुभीबाट यो उपलब्धि हासिल गरेको हो । मोडलगत प्रगति हेर्दा यसै वर्षको सुरुतिरको अटो सोमा भारत प्रवेश गरेको कार्निभल तीन हजार ६१४ युनिट बिक्री भएको छ । सेल्टोस ९७ हजार ७ सय ४५ थान बिक्री भएर छोटो अवधिमै भारतमा सबैभन्दा बढी बिक्री हुने युटिलिटी भेहिकल बन्न सफल भएको छ ।

सेल्टोस बजारमा आएदेखि नै लोकप्रिय रहेको र त्यसयता पनि लोकप्रियता कायम गर्न सक्दा यसले लोकप्रिय एयसुभीको उपाधि हात पारेको हो । कियाले भारतीय बजारमा आफ्नो तेस्रो मोडेल अल न्यु सोनेट कम्प्याक्ट एययुभी सार्वजनिक गर्ने तयारी गरेको छ । अगस्ट ७ मा ग्लोबल लन्चको तयारी रहेको कियाको नयाँ मोडल सोनेट भारतीय बजारमा आगामी सेप्टेम्बरमा आउने अपेक्षा छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया