Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविद्युतीय ऊर्जामा गरिबको पहुँच सुनिश्चित गर्न माग

विद्युतीय ऊर्जामा गरिबको पहुँच सुनिश्चित गर्न माग


काठमाडौं । विद्युतीय ऊर्जामा गरिब तथा विपन्न र सीमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न विज्ञहरुले माग गरेका छन् । आधारभूत ऊर्जाको पहुँचको सुनिश्चितताले मात्रै आर्थिक, सामाजिक समृद्धिको ढोका खुल्ने उनीहरुको भनाई थियो । नेपाल इनर्जी फाउन्डेशनले ‘ऊर्जामा गरिबको पहुँच अभिवृद्धि’ विषयमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका उनीहरुले गरिबको सही पहिचान हुन नसक्दा ऊर्जामा न्यायको पहुँच सुनिश्चिततामा कठिनाइ उत्पन्न भएको बताए ।

फाउन्डेसनका कार्यकारी निर्देशक डिल्ली घिमिरेले गरिब तथा विपन्न समुदायलाई सहुलियतपूर्ण वा निःशुल्क ऊर्जाको सुनिश्चितता गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए । उनले आर्थिक, सामाजिक र भौतिक रुपमा ऊर्जाको पहुँच कसरी पु-याउने भन्ने चिन्ताको विषय हो भन्दै वास्तविक गरिब तथा विपन्न वर्गलाई ऊर्जाको पहुँच अभिवृद्धि गरिनुपर्ने बताए ।

आर्थिक सर्वेक्षण २०७७/७८ का अनुसार नेपालमा राष्ट्रिय प्रसारण लाइन र नवीकरणीय ऊर्जाबाट विद्युत्मा पहुँच पुगेको जनसङ्ख्या ९३ र सङ्ख्या सात प्रतिशत रहेको छ । दिगो विकास लक्ष्यअनुरुप सन् २०३० मा विद्युत्मा पहुँच भएको जनसङ्ख्या अनुपात ९९ प्रतिशत रहने जनाइएको छ । मुलुकमा करिब १८ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको बताइएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया