Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराजको नयाँ रहर, नयाँ अफर सुरु

दराजको नयाँ रहर, नयाँ अफर सुरु


काठमाडौं । अनलाइन बजार दराजको वार्षिक अभियान : नववर्ष २०७९– नयाँ रहर, नयाँ अफर सुरु भएको छ । यो अभियान आइतबार मध्यरातबाट सुरु भएको हो । यस वर्षको अभियान विगतका वर्षहरूभन्दा फरक हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक शपिङ अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ । अभियानको मुख्य हाइलाइटहरु भने ६० प्रतिशतसम्मको मेगा डिल, पाँच हजार रुपैयाँसम्मको विशेष छुट भाउचरहरू, अनलाइन प्रिपेमेन्टमा (बैंक कार्ड, इसेवा र आईएमई पे वालेट) एक हजार पाँच सय रुपैयाँसम्मको छुट, खेल एक रुपैयाँमार्फत उत्कृष्ट पुरस्कार जित्ने मौका, निःशुल्क शिपिङ र बम्पर उपहारको रूपमा एडिया एस लाइक स्कुटर जित्ने मौका रहेको छ ।

कम्पनीका अनुसार पेमेन्ट पार्टनर छुटअनुसार ग्राहकहरुले सीमित डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा एक हजारदेखि १५ सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । यसबाहेक, दराजका ग्राहकहरूले इ–सेवा र आईएमई–पे वालेटमार्फत भुक्तानी गर्दा सीमित अवधिको लागि १० प्रतिशतसम्मको अतिरिक्त छुट पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, ‘खेल एक रुपैयाँ’मा भाग लिने ग्राहकहरुले सामसङ ग्यालेक्सी एओथ्री कोर, रियलमी नार्जो ५० र वान प्लस १० प्रो फाइभजी जस्ता पुरस्कार केवल एक रुपैयाँमा जित्ने मौका पाउनेछन् । यसैगरी अरु अन्य पुरस्कार पनि उपलब्ध छन् । खेलमा भाग लिन ग्राहकहरुले बैंक कार्ड, इ–सेवा वा आफ्नो आईएमई पे खाता प्रयोग गरी एक रुपैयाँ भुक्तानी गर्नुपर्नेछ र नजितिएमा पूर्ण रकम फिर्ता हुनेछ । यस्तै दराजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नो उत्पादनमा विशेष डिल र छुटहरू प्रदान गरिरहेका छन् । ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ६० प्रतिशतसम्म छुटको मज्जा लिन सक्नेछन् ।

अभियानका लागि डायमण्ड पार्टनरहरू भने आमायरा फेसन हाउस, कन्भर्स नेपाल, रियलमी र डब्लुओडब्लु छन् । प्लेटिनम पार्टनरहरूमा बियर्डो, सीजी डिजिटल, इभो स्टोर, ओलीज स्टोर, लोट्टो स्पोर्ट्स नेपाल, मसला बिड्स र फिलिप्स समावेश छन् । साथै गोल्ड पार्टनरहरूमा एर्के, जुआस, कोन्का एन्ड फोर्स, मीमी नेपाल, क्यूएनयू फर्निचर, रोह्टो मेन्थोलाटम नेपाल, पियाजाइटालिय र मन्त्र नेपाल समावेश छन् । अभियानका थप हाइलाइटहरू भने एड टु कार्ट, ब्रान्ड अफ द डे, हट फिक्स, फलो एण्ड विन, दराज जेम्स, वान डे क्रेजी सेल र रिभिउ एण्ड विन रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया