Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफर

एनसेलले ल्यायो नयाँ वर्षमा नयाँ आकर्षक अफर


काठमाडौं । नयाँ वर्ष २०७९ को शुभअवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । आइतबारदेखि सञ्चालनमा आएको यस आकर्षक न्यु इयर कम्बो प्याकअन्तर्गत ग्राहकले सात दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याकहरु सुचारु गर्न सक्छन् । प्याकअनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवाजस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा बोनसस्वरुप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् ।

कम्बो प्याकअन्तर्गत सात दिनको समयसीमा रहेको प्याक ग्राहकले करसहित मात्र ९६ रुपैयाँमा सुचारु गर्न सक्छन् । यस प्याकमा बण्डल गरिएको एक जीबी अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् । त्यस्तै ग्राहकले एक सय ६८ रुपैयाँमा पाँच जीबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को सात दिने प्याक सुचारु गर्न सक्छन् । कम्पनीका अनुसार ग्राहकका लागि २८ दिन समयसीमा रहेको प्याक पनि छ, जसअन्तर्गत ग्राहकले दुई सय ९८ रुपैयाँमा २.५ जीबी डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । ग्राहकले एष्ट्रिक्स १७१२३एष्ट्रिक्स१ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्छन् ।

कम्बो प्याकअन्तर्गत नै विशेष प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुमसहित २८ दिन समयसीमा रहेको अन्य दुई प्याकहरु पनि रहेका छन् । सात सय ९८ रुपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन एक जीबी डेटासहित ननस्टप अन नेट कल सुविधा (पाँच हजार मिनेटको फेयर युसेज पोलिसीअन्तर्गत रही), ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन् । यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र नौ सय ९८ रुपैयाँमा हरेक दिन दुई जीबी डेटा २८ दिन सम्म, एनसेल नेटवर्कभित्र ननस्टप कल सुविधा, सय मिनेट अफ नेट टक टाइम र दुई सयवटा अल नेट एसएमएस पाउँछन् ।

यसका साथै रिचार्ज योजनामा ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् । ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले एक दिनको समयसीमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् । त्यस्तै एक सयदेखि एक सय ९९ रुपैयाँको रिचार्जमा ग्राहकले तीन दिनको समयसीमा रहेको दुई सय एमबी सोसल प्याक र दुई सय रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ग्राहकले सात दिनको समयसीमा रहेको पाँच सय एमबी सोसल प्याक पाउँछन् । यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र युट्युब चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज योजना १५ दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया