Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा भिभोका तीन नयाँ स्मार्टफोन

नेपालमा भिभोका तीन नयाँ स्मार्टफोन


काठमाडौं । भिभोले आफ्नो भी र वाई शृंखलाका तीनवटा स्मार्टफोनहरू भी२३ फाइभजी, वाई३३एस र वाई०१ नेपालमा सार्वजनिक गरेको छ । यी नयाँ स्मार्टफोन प्रयोगकर्ताहरूलाई हरेक मूल्य विन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार भि२३ फाइभजी असाधारण फोटोग्राफी सुविधाहरूसहित ट्रेन्ड सेटिङ डिजाइन र उच्च प्रदर्शनका साथ आउँछ । यसको ५० एमपी अटोफोकस पोट्र्रेट सेल्फी, ६४एमपी सुपर–सेन्सिङ क्यामेरा र ८एमपी सुपर वाइड–एंगल क्यामेराले क्यामेरा प्रदर्शन र डिजाइन सुन्दरतामा नयाँ मापदण्डहरू कायम गरेको छ । कम्पनीका अनुसार यसमा भएको डुअल–टोन स्पटलाइट र फ्रन्टको क्यामेराको एआई एक्स्ट्रिम नाइट पोट्र्रेट मोडले अँध्यारो प्रकाशमा राम्रो सटहरू लिन सकिन्छ । साथै यसमा फोरके सेल्फी भिडियो पनि छ । साथै यसको बाह्य स्वरुपले प्राकृतिक साथै एक अलग अद्भुत लुक र अनुभव दिन्छ । भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरको छ ।

यो फोनमा ७.३९एमएम अल्ट्रा–स्लिम बडी र मेटल फ्ल्याट फ्रेममा विविध आकर्षणका साथ बहुशैलीका लागि योग्य बनाउँदै अद्वितीय लुक र अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । डिजाइनलाई सुपर फाइन र टेक्स्चर अनुभूति प्रदान गर्न फ्लोराइट एजी ग्लासले समादर गरेको छ, जुन स्पर्श गर्दा नरम हुनुका साथै फिंगरप्रिन्टहरू प्रतिरोधी छ । भि२३ फाइभजीले मिडियाटेक डाइमेन्सीटी ९२० प्रोसेसर मार्फत फ्ल्यागशिपस्तरको कार्यसम्पादन प्रदान गर्दछ । गेमरहरूले ९० हर्ट्ज रिफ्रेस रेट डिस्प्ले, एक्सटेन्डेड र्याम २.०, लिक्विड कुलिङ सिस्टम र अप्टिमल गेमप्लेको लागि अल्ट्रा गेम मोडको साथ सुपर स्मूद प्रदर्शनको आनन्द लिन सक्छन् । भी२३ फाइभजीमा ४४ वाट्ट फ्ल्यासचार्ज क्षमता पनि छ, जसले सुपर स्लिम चार हजार दुई सय एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्न सक्छ ।

वाई सिरिजका फोनहरु सार्वजनिक : यस्तै कम्पनीले वाई सिरिजका दुई फोनहरु सार्वजनिक गरेको छ । वाई ३३ एसको सार्वजनिकसँगै ‘फिचर–रिच स्मार्टफोन्स’मार्फत बजेट–अनुकूल श्रेणीमा अर्थपूर्ण नवीनताहरू प्रदान गर्दै युवाहरूलाई लक्षित गर्ने भिभोको दृष्टिकोणलाई अगाडि बढाएको छ । ट्रिपल क्यामेराको संयोजनले सुसज्जित, भिभो वाई३३एस ले फोटोग्राफीलाई रचनात्मक अनुभव बनाउन ५० एमपी रियर क्यामेरा, दुई एमपी बोकेह क्यामेरा र दुई एमपी सुपर म्याक्रो क्यामेरा प्रस्तुत गरेको छ ।

यसबाहेक यसमा सुपर नाइट सेल्फी, आवाज घटाउने प्रविधि र औरा स्क्रिन लाइटले रातमा प्राकृतिक र स्पष्ट तस्बिरहरूका लागि प्रकाश प्रदान गर्दछ । वाई३३ एसमा सुपर–शक्तिशाली, लामो समयसम्म चल्ने पाँच हजार एमएएच ब्याट्री र १८ वाट्ट फास्ट चार्ज रहेको छ । स्लिम ८.० एमएम स्लीक बडीमा प्याक गरिएको उत्कृष्ट क्यामेराको साथ स्मार्टफोनले सिमलेस स्मार्टफोन अनुभव प्रदान गर्दछ । भिभो वाई३३एस अत्याधुनिक सुविधाहरू भएका पावर–प्याक्ड उपकरणहरू माग गर्ने युवाहरूको जीवनशैलीसँग मेल खाने र ‘अन द गो’ जेनरेसनका लागि बनाइएको छ ।

यस्तै कम्पनीको वाई०१ को स्टाइलिस थ्रीडी ब्याक कभरले सुसज्जित ८.२८ एमएम पातलो बडीले ट्रेन्डी लुक दिन्छ । यो एक सुपर स्लिम बडीसँग आश्चर्यजनक देखिन्छ । ठूलो ब्याट्री र प्रोसेसर भए पनि यो १७८ ग्राम तौलको अत्यन्तै हल्का स्मार्टफोन हो । ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्लेले उत्कृष्ट स्ट्रिमिङ अनुभव प्रदान गर्दछ । यो डिभाइसमा पाँच हजार एमएएच ब्याट्री छ, जसले हेलियो पी३५ प्रोसेसर र विशेष मल्टि–टर्बो ३.० टेक्नोलोजीद्वारा समर्थित २+३२ जीबी -यामको साथ एकै चार्जमा धेरै कामहरु गर्न र उच्च ग्राफिक गेमहरू चलाउन अनुमति दिन्छ ।

कम्पनीका अनुसार भिभो भि२३ फाइभजीको मूल्य ५५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । यो फोन ८जीबी प्लस १२८जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध हुनेछ । यस्तै वाई३३एस २९ हजार नौ सय ९९ रुपैयाँमा ८जीबी प्लस १२८जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रीम रंगमा उपलब्ध हुनेछ । वाई०१ १३ हजार नौ सय ९९ रुपैयाँमा दुई जीबी प्लस ३२ जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लू रंग उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया