Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीका दुई स्मार्टफोन सार्वजनिक

शाओमीका दुई स्मार्टफोन सार्वजनिक


काठमाडौं । शाओमीले आफ्नो फ्ल्यागशिप फोन, शाओमी १२ र शाओमी १२ एक्स नेपालमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफी र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुवै फोनबजारमा ल्याइएको हो ।

शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले कम्पनी नयाँ–नयाँ प्रविधि र नयाँ–नयाँ फिचर भएको फोन लिन चाहने उपभोक्ताको लागि सधैँँ टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फमेन्स र सर्वोत्कृष्ट डिजाइनयुक्त डिभाइसहरु ल्याउन कम्पनी केन्द्रित रहेको बताए । कम्पनीका अनुसार सार्वजनिक गरिएका दुवै फोनबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिन्छ । दुवै फोनमा बहुमुखी शुटिङको लागि प्रो ग्रेड ट्रिपल क्यामेरा र ५० एमपी प्रमुख क्यामेरा छन् । साथै यी फोनले १३ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, पाँच एमपी टेलिम्याक्रो क्यामेरासहित, जीवनलाई विभिन्न दृष्टिकोणबाट चित्रण गर्ने मौका प्रदान गर्छ । साथै यसमा भएको वान क्लिक सिनेमा फिचरमा प्यारालल वर्ल्ड, भिडियो, म्याजिक जुम मोडजस्ता विकल्पहरुले उत्कृष्ट भिडियो एडिट गर्नसक्ने सामर्थ्य राख्छ ।

यसमा भएको ४एनएमको प्रोसेसरले जीपीयू ग्राफिक्स रेन्डरिङ क्षमतालाई ३० प्रतिशतसम्म बढाउनुको साथै पहिलाको फोनको तुलनामा २५ प्रतिशत बढी ब्याट्री टिक्छ । साथै यसमा भएको यूएफएस ३.१ स्टोरेज र एलपीडीडीआर पाँच -यामले एप लोडिङ र डेटा ट्रान्स्फरको स्पिड बढ्नुका साथै उत्कृष्ट मेमोरी स्पिड प्रदान गर्छ । यी दुवै फोनमा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटीमा कैद गर्ने मात्र नभई हरेक पलहरु पुनः जीवित गराउँछ । साथै यी दुवै फोनमा यसमा डल्बी एट्मस आर पावर्ड हर्मन कार्डोनको साउन्ड सिस्टम राखिएको छ, जसले इमर्सिभ अडियो एक्स्पिरियन्स प्रदान गर्छ । यस्तै यी फोनमा एमआईयूआई १३ समावेश गरिएको छ, यसले फोनमा चाँडो स्टोरेज गर्न, ब्याकग्राउन्ड प्रोसेसिङ उच्च प्रभावकारी रुपमा र स्मार्ट तरिकाले गर्न र ब्याट्री लाइफ लामो बनाउने काम गर्छ । साथै यसमा शाओमीको प्रोप्राइटरी लिक्विड स्टोरेज, अटोमाइज्ड मेमोरी, फोकस्ड अल्गोरिदम र स्मार्ट ब्यालेन्सजस्ता नयाँ फिचरहरु पनि छन् ।

दुवै फोनमा नेक्स्ट लेभल चार्जिङ स्पिड र सेफ्टी छ । दुवैले छिटो पावर–अपको लागि ६७ वाट वायर्ड टर्बो चार्जिङ सपोर्ट गर्दछ । यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स चार्जिङको सुविधा पनि छ । साथै यिनीहरुको डिजाइन प्रयोगकर्तालाई मध्यनजर गरी औसत नेपालीको हातमा आरामसँग अटाउने आकारको छ । यसको स्लिम र हाई क्यापासिटीको ब्याट्री अनि सानो रिज ग्यापले स्क्रिनको स्पेस पनि मजासँग सेभ गरेको छ । यसको ६.२८ इन्चको डिस्प्ले मात्र ६९.९ एमएम चौडाइ छ, जसलाई यसको स्मुद कर्भले आकर्षक देखाएको छ । कम्पनीको अनुसार यी दुवै फोन ८/२५६ जीबी भेरियन्टमा उपलब्ध छ । ९२ हजार नौ सय ९९ रुपैयाँ तोकिएको शाओमी १२ दुई रंग ग्रे र पर्पलमा उपलब्ध हुनेछ भने ७६ हजार नौ सय ९९ रुपैयाँ मूल्य तोकिएको शाओमी १२ एक्स तीन रंग ग्रे, पर्पल र निलोमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया