Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफेसलिफ्टका साथ अन्य परिमार्जन गरिएको स्कोडा कोडियाक नेपालमा

फेसलिफ्टका साथ अन्य परिमार्जन गरिएको स्कोडा कोडियाक नेपालमा


काठमाडौं । स्पोर्टी, क्रिस्टललाइन डिजाइन, आफ्नो वर्गमा सबैभन्दा बढी सुरक्षा र ‘सिम्पली क्लेभर’ समाधानहरूले भरिपूर्ण नयाँ स्कोडा कोडियाक फेसलिफ्टसहित अब स्कोडा शोरुमहरूमा उपलब्ध छ ।

कोडियाक सन् २०१८ मा नेपाली बजारमा लन्च भएको थियो । फेसलिफ्टसहितको नयाँ स्कोडा कोडियाक नेपाली बजारका लागि युरोपबाट आयात गरिएको हो । चेक ब्रान्डले कोडियाकको भावनात्मक डिजाइनलाई थप विकास गरी यसको एरोडायनामिक सुधार गरेको छ । स्कोडाले कोडियाकको अपिरियन्यसमा विशेष परिमार्जन गरेको छ, सफल शुभलाई अझ धेरै रग्ड लुक प्रदान गर्दै यसको एरोडायनामिक्सलाई पनि अनुकूलन/अप्टिमाइज गरेको छ । माथिल्लो र आकर्षक बोनेट र नयाँ डिजाइन गरिएको, थप ठाडो स्कोडा ग्रिलले कारलाई हेर्दा अझ बढी आकर्षक देखाएको छ । एड्याप्टिभ फ्रन्ट हेडलाइट प्रणालीका साथ एलईडी हेडलाइटहरू उल्लेखनीयरूपमा स्लिम छन् ।

स्कोडाले कोडियाकको भित्री भागलाई नयाँ डेकोरेटिभ स्ट्रिपहरू, थप कन्ट्रास्टिङ स्टिचिङ र परिष्कृत एलईडी एम्बियन्ट लाइटिङ फङ्शन प्रदान गरेर नयाँ स्तरमा लैजान्छ । पहिलोपटक, ठूला एसयूभीका विकल्पहरूको दायरामा एर्गोनोमिक, पर्फोरेटेड–लेदर सिटहरू समावेश छन्, जसमा तताउने विकल्पको साथ मल्टिवे इलेक्ट्रिक सिट समायोजन छ । क्यान्टोन साउन्ड सिस्टम अर्को वैकल्पिक अतिरिक्त विशेषता हो, जसले ड्यासबोर्डमा केन्द्रीय स्पिकर र बुटमा सबवुफरको अतिरिक्त दस स्पिकरहरू प्रदान गर्दछ । यस्तै १०.२५ इन्चको डिस्प्ले र स्टाइलका लागि चार विभिन्न लेआउटका साथ यसमा भर्चुअल ककपिट छ ।

कम्पनीका अनुसार कोडियाक सबैभन्दा अप्ठ्यारो भूभागहरूमा सजिलैसँग चलाउनको लागि बनाइएको कार मात्र होइन । यसको टोर्नाडो लाइनहरू, सटिक किनारहरू र क्रिस्टललाइनले यसमा विशिष्ट स्टाइल थप्दछ । ब्रान्डले कारको बहुमुखी चरित्र प्रतिविम्बित गर्ने डिजाइनको साथ आफ्नो नयाँ डिजाइन भाषा एसयूभी सेग्मेन्टमा स्थानान्तरण गर्दछ । स्कोडा कोडियाकमा भएको एलिगेन्ट लाइनहरुको बोल्ड इन्टरप्ले, स्पोर्टी कन्टोर्स र रोबष्टनेशले यसलाई सजिलै चिन्न सकिने बनाउँछ । चौडा, त्रि–आयामी रेडिएटर ग्रिल आकर्षक र साँघुरो छ, रेडिएटर ग्रिलमा नदेखिने गरी पर्फेक्टली प्रवाह हुने -याङ्क्ड हेडलाइटहरूले स्कोडा कोडियाकलाई एक विशिष्ट रूप दिन्छ । २.० टीडीआईले ११० किलोवाट (१५० पीए) र ३४० एनएम टक्र्यू जेनेरेट गर्छ । यसको सम्पूर्ण फोर ह्विलहरु ७–स्पिड डुअल क्लच ट्रान्समिसनबाट स्वचालित छन् ।

नयाँ कोडियाक अत्याधुनिक सेफ्टी किटहरुका साथ आउँछ, जसमा घुँडाको एयरब्यागका साथ नौ एअरब्यागहरु, ईबीडीका साथ एबीएस, ब्रेक असिस्ट, मल्टी कलिसन ब्रेक, चौतर्फी पार्किङ सेन्सर र ब्लाइन्ड स्पोट मोनिटरिङ सिस्टम समावेश छन् । कोडियाकले इलेक्ट्रिकल रुपमा एड्जस्ट गर्न मिल्ने प्यानारामिक सनरुफका साथ नयाँ आयाम रचेको छ, जसले खुलापनको आभाषलाई अझ उजागर गर्छ । यसका साथै यो फ्रन्ट र रियर हिटेड सिट, हिटेड स्टेरिङ ह्विल र अन्य चनाखो विशेषताहरुले भरिपूर्ण छ, जसले गर्दा यसले विशिष्ट एसयूभी अनुभूति प्रदान गर्दछ । यसका साथै यो २०.३२ सिएम सेन्ट्रल इन्फोटेन्मेन्ट प्रणालीका साथ स्टेरिङमा प्रोक्सिमिटी सेन्सर, भ्वाइस कमाण्ड कन्ट्रोल (ध्वनि आदेश नियन्त्रण) र अडियो नियन्त्रणका साथ आउँछ ।

साथै पावर न्याप प्याकेज र निकाल्न मिल्ने बुट टर्च पनि यसमा उपलब्ध गरिएको छ । २७० देखि २००५ एल (रियर सिट फोल्ड डाउन गर्न मिल्ने) को भोल्युमको साथ स्कोडा कोडियाकले आफ्नो क्लासमा सबैभन्दा ठूलो बुट प्रदान गर्दछ । यसमा विद्युतीयरुपमा नियन्त्रण गर्न मिल्ने पाँचौँ ढोका र केप्सी (किलेस इन्ट्री, स्टार्ट र स्टप बटन) उपलब्ध छ । यसका साथै यसमा फुट सेन्सरका साथ भर्चुअल पेडल ओपन र क्लोज द बुट छ । स्कोडा कोडियाक विभिन्न स्टाइल भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य एक करोड ७१ लाख रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया