Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपहिलो पटक टेलिकमको एप डाउनलोड गर्दा पाँच सय एमबी डाटा निःशुल्क

पहिलो पटक टेलिकमको एप डाउनलोड गर्दा पाँच सय एमबी डाटा निःशुल्क


काठमाडौं । नेपाल टेलिकमले पहिलोपटक कम्पनीको एप डाउनलोड गर्दा पाँच सय एमबी डाटा निःशुल्क प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ । साथै कम्पनीको एपमा सेवाग्राहीहरुका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने गरी अपडेट समेत गरिएको छ ।

एपमार्फत सेवाग्राहीले पहिलेदेखि नै विभिन्न सुविधाहरु प्रयोग गर्दै आएकोमा अब एफटीटीएच सेवाका लागि आवश्यक पोर्टल थप गरिएको छ भने ‘नमस्ते पे’मार्फत रिचार्ज समेत गर्न सकिनेछ । त्यसैगरी आफ्नो जानकारी (केवाईसी) अपडेट गर्न, अफलाइन मोडमा पनि विभिन्न सुविधा उपयोग गर्न सकिने विशेषता रहेका छन् । यसमार्फत विभिन्न सेवामा रिचार्ज गर्न सकिनेछ । फाइबर टु द होम अर्थात् एफटीटीएच प्रयोगकर्ताहरुले एपमार्फत एफटीटीएचको सीपीई रिस्टार्ट गर्न, वाइफाइको एसएसआईडी परिवर्तन गर्न, डाटाको खपत तथा बचतबारे जानकारी लिन र महशुल तिर्न सकिनेछ । यस्तै नमस्ते पे सेवा पहिलो पटक एपमा समावेश गरिएको छ ।

नेपाल टेलिकम एपमा वैयक्तिक जानकारीहरु अपडेट युजर केवाईसीमार्फत नवीकरण गर्न सकिनेछ । त्यसैगरी डिलरहरुले एमपोस समेत लगइन गर्न सकिनेछ । टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई समय–समयमा परिमार्जन गरी सेवाग्राहीहरुको लागि उपयोगी विशेषताहरु थप गर्दै नयाँ रुपमा प्रस्तुत गर्ने गरेको छ । एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन, एडीएसएल, एफटीटीएचलगायतका सेवाहरुबारे जानकारी प्राप्त गर्नुको साथै अन्य विभिन्न सुविधाहरु उपभोग गर्न सकिन्छ ।

त्यसैगरी नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न प्याकेजहरु खरिद गर्न र प्याकेजको अवस्थाबारेमा सहजरुपमा जानकारी प्राप्त गर्न सकिन्छ । यसका साथै ब्यालेन्स हेर्न, ब्यालेन्स ट्रान्सफर गर्न, विभिन्न सेवामा रिचार्ज गर्न र आफन्त वा साथीलाई विभिन्न प्याकेजहरु उपहारको रुपमा पठाउन पनि सकिन्छ । त्यसैगरी विभिन्न प्रकारका भ्यालु एडेड सर्भिसको प्रयोग गर्न, सेवाहरुमा समस्या आएमा गुनासा टिपाउन र विभिन्न सेवाहरुको बिल तिर्न पनि सकिन्छ । कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ । उक्त एपमार्फत कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरुको महशुल दरबारे जानकारी लिन पनि सकिन्छ ।

यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाबारे सोधपुछ गर्न पनि सकिन्छ । यो एपबाट उपलब्ध गराइएका सुविधा उपयोग गर्न सुरुवातमा गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गर्नुपर्दछ । नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि एप चलाउन सकिन्छ ।

यो एपमा लगइन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सो बारे जानकारी प्राप्त गर्न सकिन्छ । पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद कार्य यो एपबाट सहज भएको छ । हाल नेपाल टेलिकम एप प्रयोग गर्ने सेवाग्राहीहरुको संख्या बढ्दै गइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया