Techie IT
×
गृहपृष्ठकर्पोरेटलिटमस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना

लिटमस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना


काठमाडौं । नेपालको एक लिडिङ्ग केबल र कन्डक्टर्स ब्रान्ड लिटमस केबल्सले चाडपर्वलाई लक्षित गरी ‘वाइरिङ दमदार, घर शासानदार’ अफर योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत, पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्टवाच, इयरबड्स र ट्रिमरजस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउनेछन् । लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार रुपैयाँ लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटोसहितको बिल लिटमस डट एनपी/कन्ज्यूमरस्किममा पठाउनुपर्नेछ ।

आगामी कात्तिक २५ गते विजेता घोषणा गरिनेछ । दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५ इन्चको टिभी र ल्यापटपजस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउने कम्पनीले जनाएको छ । विजेताले जितेको पुरस्कार घोषित भएको तीनदेखि पाँच दिनभित्र पाउन सक्नेछन् । साथै उक्त पुरस्कारको वितरण नजिकको डिलरबाट गरिनेछ । 


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया