विद्यार्थीलाई स्मार्ट बनाउने डिजी स्कुलको प्रयास
काठमाडौं । डिजी स्कूलले विधार्थीहरूलाई स्मार्ट सिटीको प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले एक कार्यक्रमको आयोजना गरेको छ । पछिल्लो समय विश्वमा बढ्दै गएको स्मार्ट सिटीको प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको डिजी स्कुलका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए ।
२१औँ शताब्दीको युगमा विद्यार्थीहरू हरेक हिसाबले आफ्नो दैनिकीमा समेत प्रविधिको प्रयोग गर्नुपर्ने हुँदा यस्तो कार्यक्रमको आयोजना गरिएको उनले बताए । बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको हो । नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्प्युटर शिक्षा पाउन भन्ने उद्देश्यले डिजी स्कुल नेपालमा ल्याएको हो । आईजीसीएसई (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरी एजुकेसन)ले समेत ‘डिजी प्रोग्राम’ लाई मान्यता दिएको छ । कार्यक्रममा दशैँ एवं तिहारको अवसरमा आयोजित चंगा चेट प्रतियोगिताका विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई मेडल, ट्रफी, किबोर्ड, हेडफोन, कपलगायतका विभिन्न पुरस्कार समेत वितरण गरिएको थियो । सेप्टेम्बर १ देखि अक्टोवर ९ सम्म भएको प्रतियोगितामा काठमाडौं, पोखरा, बुटवल, विराटनगर, स्याङ्जा सहितका स्थानबाट ७५ विद्यार्थीहरू सहभागी रहेको आयोजक डिजी स्कुलले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया