Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ प्रणालीबाट राष्ट्र बैंकले तान्यो १० अर्ब

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले तान्यो १० अर्ब


काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले १० अर्ब रूपैयाँ प्रशोचन गरेको छ । राष्ट्र बैंकले मंगलबार निक्षेप संकलन उपकरण बिक्री गरी बैंकहरूबाट सो रकम तानेको हो ।

मंसिर १२ गते मंगलबार जारी भएको सो उपकरण १९ गते परिपक्व हुनेछ । राष्ट्र« बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको लागि यो मौद्रिक उपकरण जारी भएको थियो । खरिदकर्ता बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्नसक्ने व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ । गतसाता पनि राष्ट्र बैंकले सात दिन अवधिको १० अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण बिक्री गरेको थियो ।

बैंकिङ प्रणालीमा भएको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ । जसबाट तरलता प्रशोचन हुन जान्छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया