Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारटोखामा एभरेस्ट बैंकको नयाँ शाखा

टोखामा एभरेस्ट बैंकको नयाँ शाखा


काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा सहरहरूमा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ टोखा नगरपालिका वडा नं. ६, टोखामा आफ्नो एक सय २८ औँ शाखा उद्घाटन गरेको हो ।

उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्तरूपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल, बाग्मती प्रदेश प्रमुख सन्तोषकुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सो उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष डा वैद्यले बैंकहरू विश्वासको सहयात्री भएको साथैसाथै टोखा र सो आसपासका बासिन्दाहरूलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङसेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा टोखा नगरपालिकाका उप–मेयर तामाङले टोखामा बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । यससँगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगेको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।

पञ्जाव नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो एक सय २८ शाखा सञ्जाल, तीनवटा एक्सटेन्सन काउण्टर, सात वटा प्रादेशिक कार्यालयहरू, एक सय ६३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया