Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख


काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कर्णाली प्रदेशअन्तर्गत जाजरकोट जिल्ला केन्द्रविन्दु भएर यही कार्तिक १७ गते मध्यरात गएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पबाट ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा उक्त रकम सहयोग गरिएको बैंकको भनाइ छ ।

नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बालुवाटारमा सोमबार आयोजित एक कार्यक्रममा ५० लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष हस्तान्तरण गरेका हुन् । नेपाल बैंक लिमिटेडबाट भूकम्प प्रभावितका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

उक्त कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष डा अधिकारीले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपत्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमासो को निरन्तरता स्वरूप जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर जबरा, कायममुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारी तथा वरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया