Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधधमाधम आन्तरिक ऋण उठाउँदै सरकार

धमाधम आन्तरिक ऋण उठाउँदै सरकार


काठमाडौं । सरकारले फेरि आन्तरिक ऋण उठाउन थालेको छ । विभिन्न आयोजनाको भुक्तानीका लागि सरकारलाई रकम अभाव भएपछि राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गरी पैसाको जोहो गर्न लागेको हो ।

राष्ट्र बैंकले आज मंगलबार आठ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘च’ (८ वर्षे) बिक्री गर्न लागेको हो । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्नसक्ने राष्ट्र बैंकले जनाएकोे छ ।

विकास ऋणपत्र २०८० मंसिर २० गते निष्काशन भई २०८८ मंसिर २० गते परिपक्व हुनेछ । ऋणपत्र खरिदको लागि आज अपराह्न दुई बजेसम्म बोलकबोल पेस गर्नुपर्नेछ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी भएर ऋणपत्र खरिद गर्न सक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् पाँच अर्ब ९५ करोड र एक अर्ब पाँच करोड रुपैयाँ छुट्याएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिकरूपमा ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था छ ।

खरिदकर्ताले न्यूनतम ५० हजार रुपैयाँ अधिकतम ५० हजारले भाग गर्दा कुल निष्काशित रकमको सीमासम्म नबढाई आवेदन दिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन व्यवस्था छ ।

१६ अर्ब चार करोडको ट्रेजरी बिल बिक्री
राष्ट्र बैंकले सोमबार १६ अर्ब चार करोड ५० लाख रूपैयाँको टे«जरी बिक्री गरेको छ । मंगलबार ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिएका थिए ।

बिक्री गरिएको उक्त ट्रेजरीहरू क्रमशः ९१ दिन अवधिको छ अर्ब चार करोड ५० लाख र एक सय ८२ दिन अवधिको १० अर्ब रूपैयाँबराबरको छ । जसमध्ये ९१ दिनको २०८० फागुन २२ गते र एक सय ८२ दिनको २०८१ जेठ २२ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री गरिएको सबै ट्रेजरी बिलहरू पुरानो नवीकरण अन्तर्गत हो ।


क्याटेगोरी : बिबिध, बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया