Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । उदयपुर त्रियुगा नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३२ वर्षीय ईश्वर बिकास श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०८० जेठ १९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ८ लाख ७५ हजार रूपैयाँ विगो वापतको रकम र तीन दिन कैद जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गौशालाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया