Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै

आठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै


काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ अर्ब रुपैयाँको ऋणपत्रको बिक्री गर्ने भएको छ । फागुन २९ गते अर्थात आज मंगलबार अपराह्न तीन बजेसम्ममा बोलकबोलको माध्यमद्वारा आठ वर्ष अवधिको विकास ऋणपत्र २०८८ बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंंकका अनुसार यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले लगानी गर्न सक्ने छन् । निष्काशन अवधि २०८० फागुन ३० गते तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८८ फागुन ३० गते तोकिएको छ । ऋणपत्र खरिद गर्नेले २०८८ फागुन ३० गते सावाँ भुक्तानी पाउनेछन् । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरूपमा सहभागी भएर उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् ।

लगानीको लागि छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् छ अर्ब ८० करोड र एक अर्ब २० करोड रूपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोलप्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने राष्ट्र बैंकको भनाइ छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलप्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिकरूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने व्यवस्था छ ।

ऋणपत्र घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सक्ने व्यवस्था तोकिएको छ । राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाकोरूपमा मात्र भाग लिन व्यवस्था छ । यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाउने छैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया