Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंक र खल्तीबीच सम्झौता

गरिमा विकास बैंक र खल्तीबीच सम्झौता


काठमाडौं । गरिमा विकास बैंक र खल्तीबीच सम्झौता भएको छ । यी दुवै संस्थाहरूबीच डिजिटल रुपान्तरणका लागि रणनीतिक सम्झौता भएको हो । सम्झौताअन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरूले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् । यो साझेदारीसँगै गरिमा विकास बैंकका ग्राहकहरूले विनाझन्झट स्मार्ट बैंक एप–गरिमा डिजिटल बटुवाबाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्तीमार्फत लिन सक्नेछन् । ग्राहकहरूले खल्ती प्रयोग गरी सहजै मुभी, इभेन्टलगायतको टिकट खरिदसँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्नेछन् । बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरूले खल्तीबाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन् ।

सम्झौताको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘डिजिटल नेपालको उद्देश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हालसम्म ५०+ बैंकसँग हाते मालो गर्दै ग्राहकमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको छ । सोहीअनुरूप गरिमा विकास बैंकसँगको यो साझेदारीले डिजिटल नेपालको यात्रामा बलियो योगदान दिने कुरामा हामी विश्वस्त छौँ ।’ खल्तीमा देशभरिका ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू, एक लाख+ एजेन्ट, ६० हजार+ मर्चेन्ट व्यवसायी, ५०+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारीको परिवारमा रूपान्तरण भएको छ । सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर रहेका आफ्ना एक सय २३ वटा शाखा कार्यलयहरू, ५१ ए.टि.एम. मार्फत निरन्तर गुणस्तरीय सेवा प्रदान गरिसकेको छ । २०६४ मा स्थापना भएको यस बैंक प्रशिक्षित समुह र सुरक्षित बैंकिङ्ग प्रणाली सहित ग्राहकहरूलाई उच्च सेवा वितरणको लागि लक्षित रहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया