Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमल्टिपर्पस फाइनान्सको खुद मुनाफामा उच्च वृद्धि

मल्टिपर्पस फाइनान्सको खुद मुनाफामा उच्च वृद्धि


काठमाडौं । मल्टिपर्पस फाइनान्सको खुद मुनाफा उच्चरूपमा बढेको छ । फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो अवधिमा एक करोड १२ लाख ४९ हजार पाँच सय ६३ रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै एक करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा २३ लाख ३१ हजार छ सय नौ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी ६१ करोड दुई लाख रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा एक अर्ब ६० करोड २५ लाख पाँच हजार नौ सय ६७ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३३ करोड ८६ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ८४ लाख २५ हजार तीन सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५७ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले एक अर्ब ५३ करोड आठ लाख ७५ हजार पाँच सय ७६ रुपैँयाँ निक्षेप संकलन गरी एक अर्ब १८ करोड २५ लाख ४६ हजार तीन सय २९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ६६ लाख ८२ हजार नौ सय ३७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ७९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया