Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरएसडिसी लघुवित्तको नाफा ११ करोड

आरएसडिसी लघुवित्तको नाफा ११ करोड


काठमाडौं  । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड २१ लाख २१ हजार तीन सय २७ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा आठ करोड ६० लाख २४ हजार १३ रुपैंयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ९४ करोट ४३ लाख ५१ हजार ६५ रुपैंयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासिक अवधिमा छ अर्ब ५९ करोड ७८ लाख ९७ हजार आठ सय पाँच रुपैंयाँ कर्जा प्रवाह गर्दा १८ करोड ५१ लाख ९४ हजार तीन सय ६३ रुपैंयाँ खुद व्याज आम्दानी गरेको छ । सो अवधिमा दुई दशमलव ९९ प्रतिशत कर्जा खराब रहेको संस्थाको स्प्रेड दर भने दुई दशमलव ३० प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले छ अर्ब ७१ करोड ९१ लाख ४२ हजार ९२ रुपैंयाँ कर्जा प्रवाह गर्दा २१ करोड ४० लाख ४४ हजार तीन सय ६५ रुपैंयाँ खुद व्याज आम्दानी गरेको थियो । उक्त अवधिमा एक दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेड दर भने एक दशमलव ७२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया