Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरबारविहीनलाई सिटिजन्स बैंकको भोजन

घरबारविहीनलाई सिटिजन्स बैंकको भोजन


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिई बसेका व्यक्तिहरूलाई चैत्र २० देखि वैशाख ६, २०८१ सम्म १७ दिन करिब १७ सय व्यक्तिहरूलाई भोजनको व्यवस्था गरेको हो ।

भोटुस्इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा काठमाडौंका जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीन मानिसहरूलाई बैंकले भोजन वितरण गरेको हो । सन् २०२० मा कोभिड १९ को सुरुवातसँगै सडकमा आश्रित घरबारविहीन व्यक्तिहरूलाई खाना खुवाउने कार्यको थलानी गरेको संस्थाले हालसम्म तीन लाखभन्दा बढीलाई खाना खुवाएको छ भने पाँच सयभन्दा बढीलाई अन्य सहयोग गरिसकेको छ ।

साथै, बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज वैशाख ०६ गते कोशी प्रदेशको धरान शाखाबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी करिब एक सय ५० जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथै आवश्यक औषधीहरू समेत निःशुल्क वितरण गरेको छ । साथै, आजै कोशी प्रदेशको धरान शाखा र महेन्द्रचोक शाखा, मधेश प्रदेशको महेन्द्रनगर धनुषा शाखा, बाग्मती प्रदेशको ठिमी, थानकोट, भैंसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगर शाखाहरूबाट बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । देशभर विभिन्न शाखामा गरेको रक्तदान कार्यक्रममा दुई सय २२ जना दाताले रक्तदान गरेका छन् ।

हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया