Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाडौँको नाफा एक अर्ब ४७ करोड

बैंक अफ काठमाडौँको नाफा एक अर्ब ४७ करोड


काठमाडौं भदौ १२
बैंक अफ काठमाडौँ (बीओके)ले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा एक अर्ब ४७ करोड ५५ लाख ६९ हजार तीन सय ६१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ८९ करोड ६९ लाख ५६ हजार ३६ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ५४ करोड ६८ लाख ८७ हजार चार सय १५ रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ९१ करोड ५२ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ५८ करोड २८ लाख ४४ हजार पाँच सय १८ रुपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ३५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८८ करोड सात लाख ८५ हजार छ सय ४५ रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८२ अर्ब ७२ करोड २० लाख ३० हजार चार सय ४३ रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ४७ करोड ६८ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ७७ करोड ९८ लाख ९१ हजार नौ सय १६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया