Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पर्वतको कुश्मामा

ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर पर्वतको कुश्मामा


काठमाडौं भदौ १२
ग्लोबल आईएमई बैंक लिमिटेडले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औं एक्सटेन्सन काउन्टरको उद्घाटन, कोष तथा लेखा नियन्त्रकको कार्यालय पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुुन् । बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले मालपोत कार्यालयअन्तर्गतका सेवाग्राहीलगायत अन्य ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउन्टर सुरु गरेको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउनेउ द्देश्यले ७१ वटा जिल्लामा फैलिएको दुई सय ५९ शाखा कार्यालय, दुुई सय ३४ एटीएम, ४२ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुुई सय १८ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरूमाझ वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया