Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र नेपाल वायुसेवा निगमको सहकार्यमा टिकटको डिजिटल भुक्तानी सुरु

नेपाल बैंक र नेपाल वायुसेवा निगमको सहकार्यमा टिकटको डिजिटल भुक्तानी सुरु


काठमाडौं ।
नेपाल वायुसेवा निगम र नेपाल बैंक लि.को सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली सुरु भएको छ । निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्तरूपमा सो कार्यको सुरुवात गरेका हुुन् ।

निगमका महाप्रबन्धक पौडेलले बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन् बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरू जोड्दै जाने कुरा बताए । उनले नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालीमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसबाट दुर्गम र गाउँ–गाउँबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने कुरा बताए।

सोही अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागितासहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गर्दै भविष्यमा उल्लेखनीय एंव स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । निगमसँग पुनः सहकार्य गर्ने अवसर पाएकोलाई बैंकले उपलब्धिको रूपमा लिएको छ भन्दै उनले भविष्यमा अन्य विषयमा पनि मिलेर काम गर्ने धारणा व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया