Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअप्पर इंगवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी

अप्पर इंगवा जलविद्युत् आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी


काठमाडौँ ।
बैंक अफ काठमाण्डू लिमिटेड र इंगवा जलविद्युत् लिमिटेडबीच अप्पर इंगवा जलविद्युत् आयोजनामा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा यही जेष्ठ ३१ मा हस्ताक्षर भएको हो । ९ दशमलव ७ मेगावट उत्पादन क्षमता रहेका अप्पर इंगवा जलविद्युत् आयोजनाको अनुमानित खर्च एक अर्ब ९५ करोड रहेको छ । इंगवा जलविद्युत् लिमिटेडले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाउँपालिकामा उक्त जलविद्युत् आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डू लिमिटेडको एकल लगानी रहनेछ ।

आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जाबापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इंगवा जलविद्युत् लिमिटेडको लगानी रहनेछ । आयोजना पूरा भएपछि उत्पादित विद्युत् अमरपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैँले निर्माण गर्नेछ । साथै यस कर्जा लगानीपश्चात् यस जलविद्युत् आयोजना निर्माणमा सहयोग पुग्ने र समयसीमामा नै आयोजनाको निर्माणकार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल ९० शाखा कार्यालयहरू, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले नेपालको ऊर्जा क्षेत्रहरू (सौर्य तथा जलविद्युत्)को विकासको लागि बैंकिङ क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको तथा अग्रणी स्थानमा रही यस बैंकले विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया