Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच तलबी खाता तथा पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका हुुन् ।

उक्त सम्झौता भएपश्चात् दुई वर्ष सेवाअवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीहरूलाई पुनर्बीमाको सिफारिसमा अधिकतम १५ लाख रुपैयासम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ । हाल बैंकको आधार दर ६ दशमलव ९७ प्रतिशत रहेको छ   । सम्झौता अनुसार पुनर्बीमा कम्पनीको कर्मचारीहरूको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यस सम्झौतापश्चात् दुवै पक्ष लाभान्वित भई पुनर्बीमाका कर्मचारीहरूको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले दुई सरकारी संस्थाको व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए । पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले दुई संस्थाबीचको सम्बन्धलाई व्यावहारिक र वस्तुपरक बनाउँदै लैजाने बताए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कार्यक्रमको विषयवस्तुबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा बैंकका विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, पुनर्बीमा कम्पनीका वरिष्ठ प्रबन्धक रन्जना थकुलवट, प्रबन्धक सरोज कोइराला, थापाथली शाखाका शाखा प्रबन्धक विक्रममान श्रेष्ठलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । देशभर बैंककोे हाल दुई सय ५८ वटा शाखा कार्यालय, दुई सय ४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया