Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजाल्पा लघुवित्तको नाफा एक करोड २८ लाख

जाल्पा लघुवित्तको नाफा एक करोड २८ लाख


काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड २८ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ६४ लाख १० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा दुई अर्ब ६५ करोड ८८ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९९ करोड २४ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड २५ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ९७ लाख ९० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७२ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ३० करोड ६६ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६५ करोड ३५ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ७२ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ६४ लाख १० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #6, #Page 6

तपाईको प्रतिक्रिया