काठमाडौं । पछिल्लो समय पक्राउ परेकामध्ये सबैभन्दा ठूलो सुन तस्करी प्रकरण अदालतमा पुगेको छ । तर आमतहबाटै यो अनुसन्धान अधुरो रहेको महसुस भइरहेको पाइन्छ । हवाई कार्गाेमार्फत करिब–करिब एकै ठाउँ हङकङबाट नेपालमा नियमितजस्तै सुन तस्करी भइरहेको र त्यसो गर्ने गिरोह पनि एउटै रहेको भन्ने प्रहरीको निष्कर्ष छ । प्रहरीको केन्न्द्रीय अनुसन्धान ब्युरोले जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो अनुसन्धान प्रतिवेदन बुझायो । त्यसमा प्रहरीकै भनाइअनुसार चिनियाँ नेतृत्वको समूहले पटक–पटक गरी तीन सय ६२ किलो सात सय १६ ग्राम सुन ल्याएको पाइयो । यसमध्ये भेटिएको चाहिँ करिब साठी केजी मात्रै हो । बाँकी खपत भइसकेको थियो । अनुमान भएअनुसार उक्त परिमाणको सुन तस्करी भएर आएको भन्ने आधार भने त्यसलाई पगालेर बाँकी रहेका वस्तुहरूलाई मानिएको छ । जुनजुन ठाउँमा सुन पगालिएर बाँकी रहेका वस्तु पाइए तिनको प्रकृति एकैप्रकारको थियो । त्यसकारण पनि परिणामको अनुमान ठिकै होला भनी मानौँ । यसले नै तस्करीको जालो डरलाग्दो रहेको वा देखाएको हुनुपर्छ ।
अनुसन्धान अधिकृतकै अनुसार पनि धेरै अनुसन्धान बाँकी नै रहेको अवस्था छ । उनकै शब्दलाई उल्लेख गर्ने हो भने अनुसन्धानको हदम्यादका कारण अहिले रेडी ट्रेडमार्फत तस्करी भएको सुनको मात्र मुद्दा प्रक्रिया अघि बढाइएको हो । चिनियाँ समूहले अन्य पाँचवटा कम्पनीमार्फत पनि सुन ल्याएको देखिन्छ । त्यसमा विस्तृत अनुसन्धान गरी पूरक अभियोग जान्छ । विश्वका ठूला माफिया समूहकै शैलीमा संगठितरूपमा सुन तस्करी भएको छ । अपराधमा चिनियाँ मात्र होइन, ताइवान, मकाउमा रहेका व्यक्तिहरूको समेत संलग्नता देखिएको छ । चेक ब्रेक हुने गरी अत्याधुनिक प्रविधिको प्रयोग गरी अपराध गरेकाले अनुसन्धानमा समय लाग्छ । विस्तृत अनुसन्धान बाँकी नै छ । अन्य देशसँग पनि समन्वय गरी अनुसन्धान गरिरहेको छ । तस्कर समूहसँग सम्पर्क देखिएका व्यक्तिहरूमाथि गहिराइमै पुगेर छानबिन हुने प्रहरीको दाबी छ ।
यो भनाइले के बुझाउँछ भने सुन तस्करीको जालो लामो छ । यसमा चिनियाँ मात्र होइन छिमेकी देश भारत र अलिक टाढाको ताइवान, मकाउमा रहेका व्यक्तिहरूको समेत संलग्नता देखिएको अवस्था छ । त्यसकारण यसको जालो तोड्न सामान्यरूपको तयारी र अनुसन्धानले पुग्दैन । तीन/चार सय क्विन्टल सुन एकै तरिकाबाट र करिब–करिब एकै व्यक्तिको व्यवस्थापन र लगानीमा भइरहेको देखिन्छ । यो भनेको सुनियोजित अवस्थामा तस्करी भइरहेको अवस्था हो । तस्कर मात्र होइन त्यसलाई सघाउने गिरोह त्योभन्दा ठूलो र शक्तिशाली अवस्थामा रहेको देखाउँछ । यो ठाउँमा राजनीतिक कनेक्सनको प्रभाव छुट्टै छ । त्यसमा भेटिएको सम्पर्क सूत्रलाई समेत अनुसन्धानको दायरामा ल्याएको देखिएन । विमानस्थलबाट यो रूपमा सुन तस्करी भइरहँदा त्यहाँ कार्यरत कर्मचारीको सहयोगात्मक भूमिकाको प्रभाव कस्तो थियो भन्ने पनि पर्याप्त खुल्न सकेको देखिएको छैन । जुन बाटोबाट सुन आयो र सहजरूपले बाहिर निस्कियो त्यो काम आफैँ भएको होइन । राजनीतिक प्रभाव हँुदा पनि सुनबाहिर आउनै बाटो त फेरि पनि त्यही हो ।
प्रहरीले नै प्रतिवेदन बुझाए पनि दोस्रो चरणको अनुसन्धान जारी रहने भनिएको छ । तस्करसँग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिलाई पनि केकारणले हो त्यसबेला छाडिएको र पछि सम्पर्कमा नै नआएको भन्ने समेत अवस्था प्रकट भएको छ । इत्यादि कुराले अनुसन्धानमा पनि शंका जन्माउँछ । तस्करीको जालो तोडिन बाँकी नै देखिन्छ । अब यस्तो नहोस् ।
क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया