Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसर्बियामा निर्वाचनको विरोधमा भएको प्रदर्शनमा आठ प्रहरी घाइते, ३८ पक्राउ

सर्बियामा निर्वाचनको विरोधमा भएको प्रदर्शनमा आठ प्रहरी घाइते, ३८ पक्राउ


सर्बिया । निर्वाचनको नतिजालाई लिएर भएको प्रदर्शनमा सर्बियामा आठ प्रहरी घाइते भएका छन् भने ३८ जना प्रदर्शनकारी पक्राउ परेका छन् । एक साताअघि भएको संसदीय र स्थानीय चुनाव खारेज गर्न माग गर्दै आइतबार बेलग्रेडको केन्द्रमा हजारौँ मानिस भेला भएका थिए ।

राज्य निर्वाचन आयोगको प्रारम्भिक नतिजाअनुसार, गत हप्ताको अन्तिम संसदीय चुनावमा लोकप्रिय सत्तारुढ सर्बियाई प्रोग्रेसिभ पार्टी (एसएनएस)ले ४६ दशमलव ७२ प्रतिशत मत प्राप्त गरेको छ । निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीहरूले विरोध प्रदर्शन चर्काका हुन् । उनीहरूले चुनाव खारेज गर्न माग गरिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया