Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजुन महिनामा भारतीय औद्योगिक उत्पादनमा साढे १६ प्रतिशत गिरावट

जुन महिनामा भारतीय औद्योगिक उत्पादनमा साढे १६ प्रतिशत गिरावट


नयाँ दिल्ली, साउन २८
कोरोना महामारीका कारण भारतीय औद्योगिक क्षेत्रको उत्पादनमा जुनमा १६.६ प्रतिशतको गिरावट आएको छ । सरकारी तथ्यांकअनुसार निर्माण, खनिज तथा बिजुली उत्पादन कम हुँदा औद्योगिक उत्पादनमा त्यसको असर देखिएको हो । यो वर्षगत तुलनामा देखिएको गिरावट हो । तर मासिक आधारमा भने औद्योगिक उत्पादनमा सुधार भइरहेको बताइएको छ । मंगलाबार सार्वजनिक गरिएको तथ्यांकअनुसार निर्माण क्षेत्रको उत्पादनमा १७.१ प्रतिशत तथा खनिज र बिजुली उत्पादनमा क्रमशः १९.८ तथा १० प्रतिशत गिरावट आएको छ ।

तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोरोना महामारीपछिका महिना र कोरोनाअघिका महिनाको तथ्यांकसँग तुलना गर्नु उपयुक्त नहुने बताइएको छ । अप्रिलमा औद्योगिक उत्पादन सूचकांक ५३.६ रहेकोमा मेमा सुधार हुँदै ८९.५ मा आएको थियो भने जुनमा अझै सुधार भएर १०७.८ मा आइपुगेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनले औद्योगिक गतिविधि मार्चपछि पूर्ण ठप्प रहेको थियो । पछि यसमा छुट दिइएको थियो । सोही कारण अहिले निरन्तर सुधार भइरहेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x