Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाका कारण विश्वभर आठ लाखको मृत्यु

कोरोनाका कारण विश्वभर आठ लाखको मृत्यु


काठमाडौं, भदौ ८
विश्वभरि फैलिएको कोरोना भाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरूको संख्या आठ लाख पुगेको छ । जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारीअनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सबैभन्दा धेरै अमेरिकाका रहेका छन् । अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार ४ सय २९ जनाको मृत्यु भएको छ भने दोस्रो धेरै ब्राजिलमा एक लाख १३ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै तेस्रो धेरै मानवीय क्षति बेहोरेको मेक्सिकोमा ६० हजार २ सय ५४, भारतमा ५६ हजार ८ सय ७५ र बेलायतमा ४१ हजार ४ सय २३ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै इटलीमा ३५ हजार ४ चार ३०, फ्रान्समा ३० हजार ५ पाँच १२, स्पेनमा २८ हजार ८ सय ३८ र पेरुमा २७ हजार ४ सय ५३ संक्रमितको मृत्यु भएको छ । त्यसैगरी संक्रमितको संख्या अमेरिका, ब्राजिल र भारतपछि क्रमशः रुस, दक्षिण अफ्रिका, पेरू, मेक्सिको, कोलम्बिया, स्पेन, चिली र इरान रहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x