Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्ल्याकस्टोनले साढे ४ अर्ब डलरमा एन्सेस्ट्रीलाई प्राप्ति गर्ने

ब्ल्याकस्टोनले साढे ४ अर्ब डलरमा एन्सेस्ट्रीलाई प्राप्ति गर्ने


अमेरिका, भदौ ९
ब्ल्याकस्टोन ग्रुप इन्क बीएक्सएनले डीएनएसम्बन्धी सेवाप्रदायक एन्सेस्ट्री डटकमलाई झण्डै साढे चार अर्ब अमेरिकी डलरमा प्राप्ति गर्ने भएको छ। ब्ल्याकस्टोनले चार अर्ब ७० करोड अमेरिकी डलरमा कम्पनीलाई प्राप्ति गर्नलागेको रोयटर्सले जनाएको छ । एन्सेस्ट्री डटकम विश्वकै ठूलो डीएनए सेवाप्रदायक हो ।

यसले ग्राहकलाई उनीहरूको जिनियालोजी (वंशावली) र वंशाणुगत स्वास्थ्य जोखिम परीक्षण गर्ने गर्छ । ब्ल्याकस्टोनले धेरै ग्राहक कोभिड १९ महामारीका कारण घरमै बसेकोले एन्सेस्ट्रीमा फर्किने विश्वास व्यक्त गरेको छ । ‘धेरै मानिसहरू आफ्ना परिवारको इतिहासबारे जान्न उत्सुक रहेकोले एन्सेस्ट्रीले थप वृद्धि हासिल गर्ने ब्ल्याकस्टोनका वरिष्ठ प्रबन्धनिर्देशक डेभिड केस्टबमले एक वक्तव्यमार्फत बताएका छन् ।

यससम्बन्धी दुई कम्पनीबीच सम्झौता भइसकेको बताइएको छ । एन्सेस्ट्री डटकमका ३० लाख सेवा खरिदकर्ता ग्राहक संसारका ३० देशमा छन् । उसले वार्षिकरूपमा १ अर्ब डलरभन्दा बढी आम्दानी गर्छ । उक्त कम्पनी सन् १९९६ मा स्थापना भएको थियो । सुरुमा पारिवारिक इतिहाससम्बन्धी वेबसाइटका रूपमा सार्वजनिक भए पनि पछि डीएनए परीक्षण र मोबाइल एपका रूपमा पनि आइसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया