Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानले भारतबाट कटन आयात गर्ने

पाकिस्तानले भारतबाट कटन आयात गर्ने


नयाँ दिल्ली ।
पाकिस्तान सरकारले भारतबाट कटन आयातलाई अनुमति दिने निर्णय गरेको छ । टाइम्स अफ इन्डियाका अनुसार योसँगै पाकिस्तानी टेक्स्टाइल उद्योगलाई राहत भएको छ ।

पाकिस्तान सरकारको आर्थिक सहकार्य समिति (ईसीसी)ले कपास र धागो आयात गर्न दिने निर्णय गरेको बताइएको छ । बुधबार टाइम्स अफ इन्डियासँग कुरा गर्दै पाकिस्तान टेक्स्टाइल एक्सपोर्टर्स एसोसिएसनका प्रमुख खुराम मुख्तरले यसबारे जानकारी दिएका हुन् । योसँगै निकट भविष्यमै भारतबाट कटन आयात हुने उनले बताए । कटन टेक्स्टाइल इन्डस्ट्रीमा कच्चा पदार्थको चरम अभावलाई मध्यनजर गर्दै पाकिस्तानी सरकारले यस्तो निर्णय गरेको हो ।

सन् २०१९ मा भारतले जम्मु र काश्मिरलाई दिएको विशेष राज्यको दर्जा हटाएपछि रुष्ट पाकिस्तानले भारतसँगको व्यापार सम्बन्ध निलम्बन गरेको थियो । तर सन् २०२० मा पाकिस्तानले घरेलु माग पूरा गर्न औषधि र यसका कच्चा पदार्थ आयात गर्न सुरु गरेको थियो । भारतसँगको व्यापार सम्बन्ध निलम्बन गर्दा पाकिस्तानको कपडा उद्योग क्षेत्रमा नराम्रो प्रभाव परेको बताइएको छ । सोही कारण कटन आयात गर्नुपर्ने निष्कर्षमा पाकिस्तान पुगेको हो ।

खुरामका अनुसार पाकिस्तानलाई डेढ करोड बेल कटन प्रतिवर्ष आवश्यक पर्छ । पाकिस्तानमै भने केवल ९५ लाख बेल कटन प्रतिवर्ष उत्पादन हुने गरेको छ । सोही कारण उद्योग क्षेत्रको माग धान्न गाह्रो हुने गरेको छ । पाकिस्तानले कटन बेल र धागो अमेरिका, अस्ट्रेलिया, अफ्रिका र इजिप्टबाट समेत आयात गर्ने गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया