Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको प्रतिबन्धपछि बिटक्वाइनको मूल्य खस्किँदै

चीनको प्रतिबन्धपछि बिटक्वाइनको मूल्य खस्किँदै


लण्डन ।भर्चुअल मुद्रा बिटक्वाइनको मूल्य थप ओरालो लागेको छ । क्रिप्टोकरेन्सीमा चीनले थप अंकुशको घोषणा गरेपछि बिटक्वाइनको मूल्य तीन महिनायताकै सस्तो हुने क्रममा ३४ हजार अमेरिकी डलर प्रतिबिटक्वाइन पुगेको हो ।
बेइजिङले मंगलबार वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकलाई क्रिप्टोकरेन्सीसँग सम्बन्धित सम्पूर्ण सेवामाथि प्रतिबन्ध लगाएको थियो । यसको असर बिटक्वाइनको मूल्यमा देखिएको बीबीसीले उल्लेख गरेको छ । चीनले अझै लगानीकर्तालाई समेत क्रिप्टो ट्रेडिङ नगर्न चेतावनी दिएको छ ।

गत हप्ता टेस्लाको कारण १० प्रतिशतले ओरालो लागेको बिटक्वाइनको मूल्य चीनको प्रतिबन्धले थप खस्किएको हो । सोमबार मात्रै क्रिप्टोकरेन्सी २२ प्रतिशतले खस्किएको थियो । अर्थात् छ हजार अमेरिकी डलर ओर्लिएको थियो । यसैलाई पछ्याउँदै अरु क्रिप्टोकरेन्सीहरु एथेरियम र डजक्वाइन पनि क्रमशः २५ र २९ प्रतिशतले खस्किएको बताइएको छ ।
यता टेस्लाको सेयर पनि तीन प्रतिशतले घटेको छ । बिटक्वाइनसम्बन्धी आफ्नो निर्णयको कारण सेयर खस्किएको अनुमान गरिएको छ ।

सम्पत्ति शुद्धीकरण रोक्न चीनले सन् २०१९ देखि भर्चुअल मुद्रामा आधारित कारोबारलाई अवैधानिक बनाएको छ । तर मानिसहरुले भने बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सीबाट कारोबार जारी राखेकोमा चीनले यसप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।मंगलबार राज्यसमर्थित संगठनहरु नेशनल इन्टरनेट फाइनान्स एसोसिएसन अफ चाइना, चाइना बैंकिङ एसोसिएसन र पेमेन्ट एन्ड क्लियरिङ एसोसिएसन अफ चाइनाले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीमा आाधारित कारोबारलाई चेतावनीपूर्ण पोस्ट गरेका थिए ।

उनीहरुले क्रिप्टोकरेन्सी लगानी तथा कारोबारमा कुनै नोक्सानी भए आफूहरुले जिम्मा लिन नसक्ने बताएका छन् ।क्रिप्टोकरेन्सीको मूल्यमा चाँडो चाँडो आउने उतारचढावले मानिसहरुले कमाएको सम्पत्तिको सुरक्षा समेत नहुने उनीहरुले बताएका छन् । यसको साथै त्यस्ता कारोाबारले सामाजि आर्थिक र वित्तीय क्रमभंगता ल्याउने उनीहरुको चेतावनी छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया