अप्ठ्यारोमा अमेरिकी चिप निर्माता कम्पनी
अमेरिका । मुख्य चिपनिर्माताहरु विडिया र एएमडीको सेयर ओरालो लागेको छ । चीनमा कृत्रिम बौद्धिक चिपहरुको बिक्रीमा प्रतिबन्धसम्बन्धी नयाँ नियमका कारण कम्पनीहरुको सेयरमा गिरावट आएको हो ।
अमेरिकी सरकारले चीन वा रुसमा चिपहरु सैन्य उपकरणमा प्रयोग नहोस् भनेर लाइसेन्स अनिवार्यको नियम ल्याएको हो । तर यसकै कारण दशौँ लाख अमेरिकी डलर आय घट्ने चिन्तामा कम्पनीहरु छन् । दुवै चिपनिर्माताको सेयर न्युयोर्क बजारमा घटेको छ ।
विडियाको सेयर ६.६ प्रतिशतले र एएमडीको ३.७ प्रतिशतले सेयर मूल्य घटेको छ । नयाँ विडियाका लागि ठूलो प्रहार भएको वेडबस सेक्युरिटिजका डाल इभ्सले बताए । चिनियाँ अधिकारीहरुले पछिल्लो नियमको कडा आलोचना गरेका छन् । चिनियाँ राज्यनियन्त्रित मिडियाका अनुसार अमेरिकी निर्णय समान प्रतिस्पर्धाको सिद्धान्तविपरीत छ भने यसले अन्तर्राष्ट्रिय आर्थिक र व्यापार नियमको उल्लंघन भएको छ ।
एक वक्तव्यमा बेइजिङले यस्ता गलत हर्कतहरु तत्काल रोक्नुपर्ने बताएको छ । यद्यपि अमेरिकाले यसलाई नीतिगत परिवर्तन नभएको बताएको छ । तर नयाँ लाइसेन्सको नियमले ए१०० र एच१०० चिपहरुको निर्यातमा असर गर्ने जनाएको छ । यसले ४० करोड डलरको चिनियाँ बिक्री प्रभावित हुनसक्ने विडियाको भनाइ छ । यता एएमडीका प्रवक्ताले नयाँ नियमसँगै एमआई२५० चिपहरुको चिनियाँ निर्यात प्रभावित हुने बताएको छ । यी दुवै कम्पनीले फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध आक्रमण थालेपछि रुसमा बिक्री रोकिसकेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया