१ खर्ब डलर रेमिट्यान्स भित्र्याउने कोशेढुंगाको नजिक भारत
नयाँ दिल्ली । भारतले यो वर्ष एक खर्ब अमेरिकी डलरबराबरको रेमिट्यान्स भित्र्याउन सक्ने विश्व बैंकले बताएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको भारत सन् २०२२ मा उक्त कोशेढुंगा पार गर्न नजिक पुगेको विश्व बैंकको प्रतिवेदनले देखाएको हो ।
उक्त प्रतिवेदन बुधबार प्रकाशित भएको थियो । यदि एक खर्ब डलर रेमिट्यान्स भित्र्याए भारतमा त्यो पहिलोपटक हुनेछ । विश्वभर छरिएर रहेका भारतीयहरुले पठाएको पैसालाई रेमिट्यान्स भनिन्छ । रेमिट्यान्सले विभिन्न गरिब देशको अर्थतन्त्रमा उल्लेख्य योगदान दिन्छ ।
विश्व बैंकको रिपोर्टअनुसार पछिल्ला केही वर्षयता अमेरिका, बेलायत र सिंगापुरजस्ता उच्च आय भएका देशमा उच्च दक्ष र सीपयुक्त रोजगारीमा सहभागी हुने भारतीयहरु बढिरहेका छन् । त्यसबाहेक कम दक्ष कामदारहरु साउदी अरेबिया, कुवेत र कतारजस्ता खाडी देशमा प्रशस्तै छन् । उनीहरुले रोजगारीबाट आर्जित रकम स्वदेश पठाउँदा भारतले यस्तो दुर्लभ सफलता हासिल गर्न लागेको हो ।
विश्व बैंकका अनुसार सन् २०२१ मा भारतले ८९.४ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याएको थियो । गत वर्ष भारतले भित्र्याएको रेमिट्यान्स संसारभरकै सबैभन्दा बढी हो । बैंकले पछिल्लो समय अमेरिकामा श्रम बजार बलियो हुँदा र तलब बढ्दा भारतले फाइदा उठाएको हो । यति धेरै रेमिट्यान्स भित्र्याउनुका बाबजुद यो परिमाण भारतको सन् २०२२ मा कुल जीडीपीको तीन प्रतिशत मात्रै हो ।
भारतबाहेक यस वर्ष धेरै रेमिट्यान्स भित्र्याउनेमा मेक्सिको, चीन र फिलिपिन्स पनि रहने विश्व बैंकले बताएको छ । अर्को वर्ष भने भारतीय डायस्पोरका लागि चुनौतीपूर्ण हुनसक्ने पनि प्रतिवेदनले औँल्याएको छ । यो वर्ष कम आय भएका देशहरुले अनुमानित पाँच प्रतिशतले बढ्दा छ खर्ब २६ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याउन सक्ने विश्व बैंकको अनुमान छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- पाँच अंकले बढ्यो नेप्से
- लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जर सम्झौता
- गोरखामा प्राधिकरणको बीमासम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम
- माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा छुट
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफको ब्रान्च मेनेजर कन्फ्रेन्स
- शुभम पावरले साधारण सेयर जारी गर्ने
- पाकिस्तान मस्जिद आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया