आणविक शक्तिसम्पन्न पाकिस्तानको खस्किँदो अर्थतन्त्र
प्रधानमन्त्री भन्छन्– आर्थिक संकटले सहयोगको याचना गर्ने अवस्थामा पुग्यौं
इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आणविक शक्ति सम्पन्न मुलुकले सहयोग माग्नु लज्जाको विषय भएको तर आफ्नो खस्कँदो अर्थतन्त्रका कारण यो बाध्यता सिर्जना भएको बताएका छन् ।
पाकिस्तान प्रशासनिक सेवा (पीएएस) ले आयोजना गरेको एक समारोहलाई शनिबार सम्बोधन गर्दै शहबाजले थप ऋण माग्नु वास्तवमै लज्जाको विषय भएको बताए ।
‘विदेशी ऋण लिनु पाकिस्तानको आर्थिक चुनौतीलाई सम्बोधन गर्न सही समाधान होइन । यो फिर्ता गर्नुपर्ने रकम हो । तर पनि आर्थिक संकटका कारण देशले यो बाध्यताको सामना गर्नुपरेको छ’, उनले भने ।
संयुक्त अरब इमिरेट्स (युएई) को आफ्नो हालैको भ्रमणका क्रममा राष्ट्रपति शेख मोहम्मद बिन जायदले पाकिस्तानलाई थप एक अर्ब अमेरिकी डलर ऋण दिने घोषणा गरेको भन्दै उनले कोभिड र देशव्यापी बाढी तथा डुबानका कारण आर्थिक संकटको अवस्थामा सहयोग गरेकोमा साउदी अरब र यूएईको मुक्तकण्ठले प्रशंसा गरेको पाकिस्तानी पत्रिका ‘द न्यूज इन्टरनेशन’ ले उल्लेख गरेको छ ।
यसैबीच, पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग कुराको टुंगो नलागेसम्म वित्तीय सहायता कम गर्न तत्कालका लागि थप निक्षेपका लागि मित्र राष्ट्रहरू र विशेष गरी साउदी अरेबियासँग सम्पर्क गरिरहेको छ ।
सरकारी स्रोतका अनुसार साउदी अधिकारीहरूले विदेशी विनिमय सञ्चितिको अभावका बीच पाकिस्तानमा थप निक्षेपको सम्भावनाबारे ‘अध्ययन’ गरिरहेका छन् । अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार अनिश्चित राजनीतिक परिस्थितिले निर्णय प्रक्रियामा बाधा पु-याइरहेको छ, जसले गर्दा नीति निर्माताहरूलाई आईएमएफ कार्यक्रमको पुनरुत्थानका लागि आवश्यक कठिन छनौट गर्न गाह्रो भइरहेको छ ।
स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) सँग रहेको विदेशी विनिमय सञ्चिति तीव्र गतिमा घट्दै गएकाले सरकारसँग काम गर्न धेरै समय नभएको सरकारी स्रोतले जनाएको छ । जनवरी ६ सम्ममा एसबिपीसँग रहेको विदेशी विनिमय सञ्चिति ४.३ अर्ब अमेरिकी डलर रहेको थियो । वाणिज्य बैंकहरूको विदेशी मुद्रा सञ्चिति ५.८ अर्ब अमेरिकी डलर रहेको छ भने पाकिस्तानको समग्र सञ्चिति करिब १०.१८ अर्ब अमेरिकी डलर पुगेको छ । पछिल्लो १२ महिनामा एसबिपीको सञ्चिति १२.३ अर्ब अमेरिकी डलरले घटेको छ ।
पोखरा विमान दुर्घटनाप्रति पाकिस्तानद्वारा समवेदना व्यक्त
इस्लामावाद । पाकिस्तान सरकारले आइतबार मध्य नेपालको पोखरामा विमान दुर्घटना भएको खबरबाट मर्माहत भएको बताउँदै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । विदेश मन्त्रालयले अपराह्न एक विज्ञप्ति निकालेर नेपाल सरकारप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक समवेदना प्रकट गरेको हो ।
‘नेपालको पोखरामा भएको हवाई दुर्घटनामा भएको अमूल्य जीवनको क्षतिप्रति पाकिस्तान सरकार दुःखित भएको छ , पाकिस्तानी जनता दुःखको यो घडीमा पीडित परिवार र नेपाली जनताका साथमा छन्’, मन्त्रालयले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ । चालक दलका सदस्यसहित ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६८ जनाको शव फेला परेको तथा खोज तथा उद्धार कार्य जारी रहेको नेपालका सरकारी अधिकारीहरूले बताएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा तीव्र उतारचढाव
- अपि पावरले पायो ४० प्रतिशत हकप्रद निष्काशन गर्न सहमति
- एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्काशन गर्ने
- रिलायन्स लाइफको पुनर्जागरण अभियान
- दुई हजार कर्मचारी कटौती गर्दै बोइङ
- पर्यटन संसदीय समिति गठन गर्न सभामुखलाई परिसंघको आग्रह
- कृषिमा अब कहिल्यै त्यस्तो नहोस्
- धार्मिक पर्यटन प्रवर्द्धनमा देवघाटको महत्व
धेरैले पढेको
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया