Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनवलपरासीमा तारवाला फोन पूर्ण विस्थापित

नवलपरासीमा तारवाला फोन पूर्ण विस्थापित


नवलपरासी, असार २६
नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलोपटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोनलाई फाइबरमा आधारित एफटीटीएच सेवाले पूर्णरुपमा विस्थापित गर्ने कार्य सम्पन्न गरेको छ । बर्दघाटमा २०५६ साल चैत महिनामा १५० लाइन क्षमताको सी डट एक्सचेञ्जबाट टेलिफोन सेवा सुरु गरिएकोमा २०६० सालमा १ हजार क्षमताको जे -याक प्रणाली जडान गरिएको थियो । २०७२ सालमा ८ सय ९६ लाइन क्षमताको एमसान जडान गरी इन्टरनेट सेवा विस्तार गरियो ।

सोपश्चात ग्राहकको अत्यधिक मागका कारण ३ हजार लाइन क्षमताको ओएलटी एक्सचेञ्ज जडान गरीे ०७६ साउन २३ गतेबाट अप्टिकल फाइबरमा आधारित एफटीटीएच सेवाको वितरण सुरु गरिएको थियो । नयाँ एक्सचेञ्जबाट ग्राहकले टेलिफोन र इन्टरनेट सेवा उपयोग गर्न सक्दछन् भने कम्पनीले भविष्यमा वितरण गर्ने आइपिटिभी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

सामाजिक दूरी कायम गर्दै कम्पनीको कार्यालयमा आयोजित एक कार्यक्रममा बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा व्यालले बर्दघाट नगरभित्र अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिँदै ग्रामीण भेगमा पनि उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन अनुरोध गरे । उनले नगरका सबै जनतालाई सञ्चार सेवा उपलब्ध गराउनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक सूर्यनारायण मालाकारले आगामी दिनमा अझ बढी गुणस्तरीय सेवा प्रदान गर्दै निर्देशनालयभित्र पर्ने सबै स्थानहरुमा अत्याधुनिक प्रविधिका दूरसञ्चार सेवाहरु क्रमशः विस्तार गरिने बताए । नेपाल टेलिकमले मुलुकभरि हालसम्म ७० हजारभन्दा बढी एफटीटीएच लाइन वितरण गरिसकेको छ । प्राविधिक रुपले सम्भव हुने अन्य स्थानहरुमा पनि कम्पनीले सेवाको स्तरोन्नति गर्दै लैजाने जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया