Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालरेष्टुुरेन्टमा लगेर युवतीको मोबाइल चोरी बिक्री गर्ने पक्राउ

रेष्टुुरेन्टमा लगेर युवतीको मोबाइल चोरी बिक्री गर्ने पक्राउ


काठमाडौं, असार २८
विभिन्न बहानामा युवतीहरुको मोबाइल चोरी गरेर बेच्ने व्यक्ति पक्राउ परेका छन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न रहेको आधारमा राजकुमार दनुवारलाई पक्राउ गरेको हो । चोरीको आरोपमा बुुधबार सामाखुसीबाट दनुुवारलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख रोशन खड्काले बताएका छन् ।

वृत्त प्रमुुख खड्काका अनुसार रामेछापको उमाकुण्ड गाउँपालिका २ घर भई काठमाडौंको चण्डोलमा बस्दै आएका २६ वर्षीय दनुवारले शृंखलाबद्ध रुपमा चोरी तथा लुुटपाट गर्ने गरेको देखिएको छ । पक्राउ परेका दनुवारमाथि चोरीको अभियोगमा अनुसन्धान भइरहेको छ । वृत्त प्रमुख खड्काका अनुसार दनुुवारले पार्किङमा राखेको महँगो मूल्य पर्ने मोटरसाइकल चोर्ने, त्यही मोटरसाइकलमा राम्री युवतीहरूलाई लिफ्ट दिने र तिनै युवतीको रकम र मोबाइल लुट्ने गरेको गरेको देखिएको छ ।

यसरी लुुटेको मोबाइल बेचेर फेरि आफू प्रहरीको डीएसपी भन्दै दनुुवारले उक्त मोबाइल फिर्ता लिने गरेको समेत अनुुसन्धानबाट खुल्ला आएको वृृत्त प्रमुख खड्काले बताएका छन् । लकडाउनको बेला सवारीसाधन नचलेको फाइदा उनले उठाएको र युवतीलाई लिफ्ट दिएपछि चिया कफी खाउँ भन्दै उनले रेस्टुरेन्टमा लाने र युवती वाशरुम गएको मौका छोपेर उनले युवतीको मोबाइल र पर्स नै लुट्ने गरेको समेत अनुुसन्धानबाट खुुलेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया