Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस युनिभर्स नेपाल

सौन्दर्य प्रतियोगिताका उत्साहीहरुका लागि नयाँ बाटो पहिल्याउँदै मिस युनिभर्स नेपाल


काठमाडौं ।
मिस युनिभर्स अब मुन एपमार्फत हुने भएको छ । ब्रेभ, बोल्ड एण्ड ब्युटिफुल प्रालिका फाउण्डर र २०१७ को मिस युनिभर्स नग्मा श्रेष्ठले मुन एप लन्च गरेका छन् । एपी वान एचडीमा प्रत्यक्ष प्रसारित कार्यक्रम ‘द नग्म्याटिक शो’मार्फत उक्त एपको लन्च गरिएको हो ।

मिस युनिभर्सका विजेताले १० लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् । यस मुन एपलाई एन्ड्रोइडको गुगल प्ले स्टोर तथा एप्पल आईओएस दुवैमा लन्च गरिएको छ । यसमा सहभागी हुने पहिलो २० प्रतियोगीहरुको लागि निःशुल्क रजिष्ट्रेसन रहेको छ र पछिल्लो पाँच हजार प्रतियोगीहरुका लागि १ हजार रुपैयाँ तथा देश बाहिर रहेका नेपालीहरुको लागि ५० डलर रजिष्ट्रेसन शुल्क निर्धारण गरिएको छ ।

नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने बताइएको छ । सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैंगिक विविधता मात्र नभई तौल, उचाइ तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ । यस प्रतियोगिताको विजेता मतदानबाट छनौट गरिनेछ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया