नाडा प्रतिनिधिमण्डल र नेपाल राष्ट्र बैंकका गभर्नरबीच छलफल
काठमाडौं,पुस १७
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधि मण्डल र नेपाल राष्ट्र बैंकका गभर्नर विच राष्ट्र बैकले जारी गरेको एकिकृत निर्देशन २०७६ को बारेमा छलफल भएको छ । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले गभर्नर डा. चिरञ्जिवी नेपालसँग भेटी नेपाल राष्ट्र बैंकले गत पुस ८ गते ल्याएको क,ख,र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६ ले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पारेको प्रभाव र त्यसको समाधानबारे छलफल गरेको हो ।
नाडा प्रतिनिधिमण्डलले मुलतः व्यक्तिलाई बैंक र वित्तीय निकायहरुले ऋण दिदा कूल आम्दानीेको ५० प्रतिशत मात्र ऋण दिन सकिने भन्ने सो एकिकृत निर्देशनको विषयमा जिज्ञासा राखेको थियो । छलफलमा गभर्नर नेपालले अटोमोवाइल क्षेत्रलाई नेपाल राष्ट्र बैंकले कहिले पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको भन्दै पछिल्लो निर्देशन सर्पोटिभ भएको बताए ।
नेपालको निर्यात बढन नसकेको मात्र नभई राजस्वको प्रमुख श्रोत नै वस्तुहरुको आयात भएको भन्दै उनले नेपालमा आउने रेमिट्यान्स समेत घटिरहेकोमा चिन्ता प्रकट गरे । सोही छलफलको क्रममा उनले अटोमोवाइल व्यवसायीहरुले सार्वजनिक सवारीसाधन, व्यक्तिगत रुपमा प्रयोग हुने सवारीसाधन र हेभी इक्विपमेन्ट गरी तीन किसिमबाट प्रस्तुत हुनु पर्ने सुझाव समेत दिए ।
व्यवसायी, बैंक तथा वित्तीय निकायहरुकै राय सझावहरुलाई मनन गर्दे यो निर्देशन ल्याइएको गभर्नर नेपालले बताए । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया