सोलुखुम्बु, पुस २०
हिमपातका कारण सोलुखुम्बुको हिमाली भेगको जनजीवन प्रभावित बनेको छ । शुक्रबार बिहानदेखि मौसममा पर्वितन आएपछि हिउँ तथा पानी पर्दा स्थानीयको जनजीवन कष्टकर बनेको हो । खुम्बु क्षेत्र र जिल्लाको तल्लो भेगका केही स्थानका डाडाँपाखाहरु हिउँले सेताम्मे भएका छन् । खुम्बुक्षेत्रमा करिब एक फिट हाराहारीमा हिमपात भइरहेको स्थानिय फु्ग्याल्जेन शेर्पाले जानकारी दिए । उनका अनुसार हिउँ पर्ने क्रम लगातार भएकाले बिहानसम्म दुई फिटसम्म हिउँ जम्न सक्ने अनुमान गरिएको छ ।
हिउँपरेसँगै अहिले माथिल्लो क्षेत्रको तापक्रम घटेको छ । अहिले नाम्चेको तापक्रम घटेर माईनस २ डिग्री सेल्सीयस पुगेकाले चिसो धेरै भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिए । यता सदरमुकाम सल्लेरी आसपासका क्षेत्रमा पनि हिउँ परेकाले चिसो अत्यधिक वृद्धि भएपछि जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।
सदरमुकाम सल्लेरीसहित नजिकबाट देखिने तामाखानीको पिके डाँडा, टाक्सिन्दु, वेनी जुभिङ्ग लगायत आधा दर्जन गाउँसहित आसपासका क्षेत्रहरुमा समेत हिउँ परेको छ । हिउँपानी परेपछि कृषकहरुमा भने उत्साह जागेको पाइएको छ । आलु रोप्ने समयम भएकाले अहिलेको पानी धेरै महत्वपुर्ण भएको कृषकहरुको भनाइ छ । केही दिनदेखि चिसो बढ्दै गएको अवस्थामा हिँउ परेपछि अत्याधिक चिसो बढेको छ । हिउँले गर्दा मानिसभन्दा पनि पशुपक्षीको दैनिकि कष्टकर बनेको कृषकहरुको भनाइ छ ।
हिउँ परेकाकारण सोलुखुम्बबाट राजधानी काठमाडौँको सडक यातायात प्रभावित भएको छ । शनिबार बिहान कुनै पनि यातायताका साधन काठमाडौ जान नसकेको ट्राफिक प्रहरी नारायण बहादुर बस्नेतल जानकारी दिए । दिउँसोको समयमा साना सवारी जिल्ला प्रवेश गर्ने पत्तालेबाट जिल्ला भित्रिए पनि ठूला सवारी भने भित्रिन नसकेको उनको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया