Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबन्द रहेको नेपाल–भारत सीमाबाट धमाधम हरियो मटरको निकास

बन्द रहेको नेपाल–भारत सीमाबाट धमाधम हरियो मटरको निकास


काठमाडौं ।
सरकारले हरियो मटरको आयातलाई रोकेको अवस्थामा पनि केही कारोबारीहरूले हरियो मटरको कारोबारलाई सञ्चालन गरिरहेका छन् । तेस्रो मुलुकबाट आयात हुँदै आएको हरियो मटरको आयात नै सरकारले रोकेर ठप्प बनाएको अवस्थामा पनि कारोबारीले मोरङको सीमावर्ती क्षेत्रबाट अवैधरूपमा भारततर्फ निकासी गरिरहेका छन् ।

केही दिनअघि सरकार आफैँले हरियो मटरमा लगाएको प्रतिबन्ध फुकुवा गर्दै कोटा वितरण गरेसँगै हरियो मटरका कारोबारी फेरि सलबलाउन थालेका हुन् । अहिले पनि बजारमा हरियो मटरको मूल्य अत्यधिक महँगिएको छ । हरियो मटरको माग उच्च रहे पनि बजारमा भने अभाव नै रहेको छ ।

कारोबारीले तेस्रो मुलुकबाट आयात गरी हरियो मटर भारत निकासी गर्दा बढी मुनाफा हुने भएकाले सरकारले हरियो मटरको कोटा वितरण गरेसँगै यसका ट्रेडिङ कारोबारीको कारोबार एक्कासि मौलाएको पाइएको छ । नेपाल–भारत बोर्डरबाट मोरङ जिल्लाका विभिन्न स्थानसहित विराटनगर महानगरपालिका क्षेत्रमा रहेका विभिन्न खुला नाकाहरूको प्रयोग गरी हरियो मटरका कारोबारीले आफ्नो कारोबारलाई निरन्तरता दिइरहेका छन् ।

भारतमा पाकिस्तानबाट आयात हुँदै आएको हरियो मटरमा भारत सरकारले नै प्रतिबन्ध लगाएका कारण नेपालका ट्रेडिङ कारोबारीहरूले आयात गरी स्टोर गरिएको हरियो मटर सरकारले कोटा वितरण गरेपछि अवैध बाटो हुँदै भारततर्फ निकासी गर्न थालेका हुन ।

कोरोनाको तीव्र वृद्धि र सरकारले मटरको कोटा वितरण गरेपछि अवैधरूपमा नेपालतर्फ आयात भएको हरियो मटर पछिल्लो केही दिनदेखि कारोबारीहरूले अवैध बाटो हुँदै भारततर्फ निकासी गर्नथालेको स्रोतको दाबी छ । तर यसरी तस्करी हुँदा पनि नियन्त्रण गर्ने सरकारी निकाय सशस्त्र प्रहरी सीमासुरक्षा बल बेखबरजस्तै बनेको छ ।

लामो समयदेखि नेपाल–भारत सीमा सिल भएको र पछिल्लो समय सरकारले पनि मटरको कोटा वितरण गरेका कारण स्टोक निल गरी पुनः हरियो मटर आयात गर्नका लागि कारोबारीहरूले अवैध बाटो भएर भारतीय बजारमा निकासी गर्नथालेको व्यापारीहरू नै बताउँछन् । यो काम निर्बाधरूपमा सञ्चालन गर्नका लागि पनि कारोबारीले सरकारले खटाएको सीमासुरक्षा बल सशस्त्रसँग पनि राम्रो सेटिङ मिलाएको दाबी समाचारस्रोतले गरेको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया