Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसानो पाईलाद्धारा नारायणी अस्पताललाई भेन्टिलेटर सहयोग

सानो पाईलाद्धारा नारायणी अस्पताललाई भेन्टिलेटर सहयोग


वीरगञ्ज ।
सानो पाइला नामक संस्थाले वीरगञ्जस्थित नारायणी अस्पताललाई ६ वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । योसँगै नारायणी अस्पतालमा प्रयोगयोग्य भेन्टिलेटरको संख्या १५ पुगेको छ । सानो पाइलाले नेपाल भेन्टिलेटर सर्भिस (गैरनाफामुलक कम्पनी) सँगको सहकार्यमा नारायणी अस्पतालमा एक महिनाका लागि भेन्टिलेटरहरुको व्यवस्था गरेको हो ।

मंगलबार नारायणी अस्पतालमा एक कार्यक्रमकाबिच सानो पाइलाकी सचिव डा. सुष्मा तिवारीले नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सञ्जय ठाकुरलाई भेन्टिलेटर हस्तान्तरण गरिन् । हस्तान्तरण कार्यक्रममा नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास, डेप्युटी डाईरेक्टर डा. एनामुल हक सानो पाइलाका सञ्चालन प्रमुख जय साह, कार्यक्रम तथा सेवा प्रमुख रौनक राज सर्राफ, स्रोत तथा परिचालन प्रमुख भाजु पटेलगायतकाको उपस्थिती रहेको थियो ।

भेन्टिलेटर हस्तान्तरण गर्दै सचिव डा. तिवारीले अवस्था सामान्य नभए भेन्टिलेटरहरुको समायवधि थप गर्न सकिने बताइन् । सानो पाइलाले उपलब्ध गराएको भेन्टिलेटरहरु हाल कोभिडका बिरामीहरुका लागि सबभन्दा उपयोगी प्रकारको रहेको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताए । उक्त भेन्टिलेटरहरु कोभिड आईसियु र एसडियुमा जडान गरिसकिएको उनको भनाई छ ।

यसअघि सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच दुई संस्थाका प्रतिनिधिले भेन्टिरलेटरको अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सानो पाइलाका तर्फबाट कार्यक्रम तथा सेवा प्रमुख रौनक राज सर्राफ तथा नेपाल भेन्टिलेटर सर्भिसका तर्फबाट कार्यक्रम संयोजक सचेत गुरुंगले अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरे । योसँगै सानो पाइला नेपाल भेन्टिलेटर सर्भिसको प्रदेश २ को साझेदार संस्था पनि बनेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया